bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39515 ) ) )

कर्मचारी वृत्तमा अझैं दुई वर्ष यी ‘बूढा’हरुकै जगजगी !

निजामति कर्मचारीको उमेर हद ५८ वर्षबाट ६० पुर्याउनो खेल भइरहेको छ । नजिर त पेश गरियो, सर्वोच्च अदालत र त्रिविविको कर्मचारीको उमेर हद ६३ वर्ष । यसैलाई टेकेर निजामति कर्मचारीको उमेर हद ५८ वर्षबाट ६० बनाउनका लागि निजामति सेवा ऐन २०४९ मा पाँचौ संशोधनको तयारी भइरहेको छ । पाँचौ संशोधनको मस्यौदालाई सामान्य प्रशासन मन्त्रालयले राय तथा सहमति माग्दै अर्थ र कानुन मन्त्रालयमा पठाइसकेको छ ।

संशोधन अगाडि अर्काे तर्क तेर्साइएको छ, नेपालीको औषत आयु बृद्धि भएर ७० वर्ष नाघेको र एउटा स्वस्थ व्यक्तिले ६० वर्षको उमेरमा पनि पूर्णसक्रियतापूर्वक अझ परिपक्क ढंगले सेवा प्रदान गर्न पाउनु पर्दछ ।
अहिलेको ५८ वर्षे उमेर हद लाग्ने हो भने आगामी वैशाख उता सचिव सुमन शर्मा,अर्काे सचिव धन बहादुर तमाङ र हाल सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराई असार पहिलो साता घर जाँदैछन । सचिव सुमनले आगामी वैशाख ९ गतेबाट अवकाश पाँउन लागेका हुन । इन्जिनियरिङ सेवाबाट हाल अर्थमन्त्रालयका पुगेका सचिव रहेका उनी ६९ साल कार्तिक २ गते सह सचिव भएका हुन ,हाल सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले असार २ गते र जल तथा उर्जा आयोगका सचिव धन बहादुर तमाङ असार २८ गते अनिवार्य अवकाश पाँउदैछन । यी तीन मध्य सुमन ६९ कार्तिक २ मा,धनबहादुर ६९ असार २८ मा र पूर्णचन्द्र ६५ साल कार्तिक २ मा सह सचिव हुँदै सचिवमा बढूवा भएका हुन । वैशाख अगाडि नै यीनैलाई फाइदा पुग्ने गरी निजामति ऐन संशोधन गरी अझै २ वर्ष जागिर लम्बाउने धुनमा छन ।
सेवा प्रवेशकै हिसाब गर्ने हो भने यी भाईमध्य धन बहादुर ४५ साउन १ बाट,सुमन ४५ कार्तिक १९ र पूर्णचन्द्र ३९ साल फागुन ११ बाट सेवामा प्रवेश गरेको देखिन्छ । वैशाख अगाडि नै यो ऐन संशोधन भएर आएको खण्डमा सबैभन्दा बढी फाइदा चाहिँ चतुर खेलाडी पूर्णचन्द्रले लिने देखिन्छ । यसो हुँदा भट्टराईलाई मुख्य सचिवसम्म बन्ने बाटो खुल्ला हुने टिप्पणी कर्मचारी वृत्तमा हुन थालेको छ ।
यता,५८ वर्षै उमेर हद लाग्ने हो भने, हाल आन्तरिक राजस्व विभागका उप महानिर्देशक गोविन्द बहादुर बाँनिया वैशाख १० गतेबाट अनिवार्य अवकाश पाँउदैछन । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सह सचिव रहेका रुद्र सिटौला,पुनरावेदन अदालत कास्कीका उपरजिष्ट्रार खड्गबहादुर श्रेष्ठ सोही दिन देखि अवकाश पाँउदैछन ।
त्यस्तै,लोकसेवा आयोगका सह सचिव शंकर प्रसाद पौड्यालले वैशाख १८ बाट,आपूर्ति मन्त्रालयका सह सचिव गोकुल धितालले जेष्ठ ४ गतेबाट,वन विभागमा उप महानिर्देशक गणेश झाले जेष्ठ ५ गतेबाट,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्यलय दीपायलका प्रमुख मित्रलाल रेग्मीले जेठ ९,कारागार व्यवस्था विभागका महानिर्देशक हिमनाथ दवाडी जेष्ठ १२,संष्कृति मन्त्रालयका सह सचिव साुधराम सापकोटा असार १ बाट,केन्द्रीय तथ्यांक विभागका उप महानिर्देशक रुद्र सुवाल असार ७ गते,आपुर्ति मन्त्रालयको सह सचिव सूर्य प्रसाद श्रेष्ठ असार १५ बाट,जनसंख्या मन्त्रालयका सह सचिव नारायणराज तिमिल्सिना असार १७ ,वन तथा भूसंरक्षण मन्त्रालयका सह सचिव राजेन्द्र काफ्ले पनि सोही दिन ५८ वर्षे उमेर हद लागी अवकाश हुनेछन । ऐन संशोधन भएको खण्डमा यीनिहरुले पनि प्रत्यक्ष फाइदा उठाउनेछन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice