bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39505 ) ) )

मध्यरातमा गच्छदारले भारतीय दूतावासमा पाँच घण्टा विताए

काठमाडौ । संविधान संशोधनमा ब्यवस्थापिका संसदभित्र गणितिय खेल सुरु भइरहेका बेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले भारतीय दूतावास लैनचौरमा पाँच घण्टा बिताएका छन् । सोमवार साँझ भारतीय दूतावास लैनचौर पुगेका गच्छदार मध्यरातमा फर्केको स्रोतले बताएको छ ।

भारतीय राजदूत रंजित रेसँग लामो वार्तालाभ गरेका गच्छदारले सोमवार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । प्रचण्डसँगको भेटपछि उनी साँझ भारतीय दूतावास पुगेका थिए । विपक्ष दलको विरोध हुँदा हुँदै दर्ता भएको संविधान संशोधन बिधेयकका बिषयमा गच्छदार मौन बस्दै आएका थिए । उनले बिधेयकलाई संशोधन गरी टेबुल गर्नु पर्ने मत राख्दै आएका थिए ।
संविधान संशोधन बिधेयक पास गराउन भारतीय राजदूत रंजित रे यतिबेला निकै सक्रिय बनेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाएर उनले दूतावासमै डिनर मिटिङ पनि गरिरहेका छन् । मंगलबार गच्छदारलाई बोलाएर पाँच घण्टा छलफल गरेको स्रोतले बताएको छ ।

सत्तापक्षले जवरजस्ती संविधान संशोधन बिधेयक संसदमा टेबुल गरेपछि कुनै पनि हालतमा पास गर्न नदिने अडान प्रतिपक्ष दलहरुले लिएका छन् । उनीहरुको अडानलाई परास्त गर्न भारतीय राजदूत रंजित रे यतिबेला साना ठुला सवै दलहरुसँग भेटघाट गरिरहेका छन् ।

सरकारले ब्यवस्थापिका संसदमा संशोधन बिधेयक दर्ता गरेपछि पनि मधेसी मोर्चा असन्तुष्ट नै थिए । तर भारतीय राजदूत रंजित रेले मधेसी मोर्चाका नेताहलाई डिनर मिटिङमा बोलाएर मनाए । तर मधेसी मोर्चाको एक दल संघिय समाजबादी फोरम भने अझै असन्तुष्ट नै छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice