मध्यराति मै लियो प्रहरीले ट्रिपर र जेसीवी नियन्त्रणमा

खोला जन्य बस्तुको अबैद्य उत्खनन्मा प्रयोग गरिएका चारवटा ट्रिप्पर र एउटा जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको विषेश प्रहरी टोलीले दाङको ग्वारखोलाबाट आइतवार राति नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहका अनुसार अबैद्य उत्खनन् ओसार्न प्रयोग गरिएका रा १ ख ९०९४, रा १ ख ९०९५, रा १ ख १०४३ र ना ५ ख ८०९६ नम्वरको चारवटा ट्रिप्पर नियन्त्रणमा लिइएको छ ।

चारवटा मध्ये रा १ ख १०४३ र ना ५ ख ८०९६ नम्वर गरि दुईवटा ट्रिप्पर ईलाका प्रहरी कार्यालयमा लगिएको छ भने थप दुईवटा ट्रिप्परहरु रा १ ख ९०९४ र रा १ ख ९०९५ नम्वरका चालहरु राति नै ट्रिप्पर छोडेर भागेका छन ।

जिल्ला विकास समिति सँगको सम्झौंता विपरित उत्खनन्मा प्रयोग गरिएको एउटा अन टेस्ट जेसीवीका चालक सहित थप दुईवटा ट्रिप्परका चालक मध्येरातमा चाँबी लगेर फरार भएको एसपी सिंहले बताए । एसपी सिंहका अनुसार जिल्लामा सञ्चालित विभिन्न क्रसर उद्योगहरुसंग तस्करहरुले मोटो रकमको सम्झौतामा बालुवा गिट्टी तस्करगरेर उपलब्ध गराउने गरेको बताए ।

उनीहरुले ठेक्का सम्झौता विपरित गैरकानुनी रुपमा रातभर जेसेवी लगाएर उत्खनन् गर्ने र खोलाजन्य बस्तु ओसारपसार गर्ने गरेको बताए । उनले अबैद्य कार्य नियन्त्रण गरि जिल्लाका प्राकृतिक सम्पदाहरुको संरक्षणमा सबै नागरिक लाग्न जरुरी रहेको समेत बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice