bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39442 ) ) )

लुटको धनमा क कस्ले गर्दैछन फूपुको श्राद्ध ?

बहालवाला मन्त्री र कर्मचारीहरुले मुलुकमा कसरी लुट मच्चाइरहेका छन भन्ने सानो उदाहरणमात्र हो यो ।
अत्यासलाग्दो भोल्युम छ लुटको । महालेखा परिक्षक कार्यलयको अनुसार अघिल्लो आर्थिक वर्षमा मात्र बेरुजु रकम ३ खर्ब २८ अर्ब ५२ करोड नाघेको छ ।
महालेखाको रिपोर्ट अनुसार सो आर्थिक बर्षमा मात्रै ५१ अर्ब २७ करोड ७७ लाख बेरुजु देखिएको छ । सोमध्ये जम्मा २ अर्ब ४९ करोड ८९ लाख रुपैंयाँको मात्रै सम्परिक्षण गरिएको छ । बाँकी ४८ अर्ब ७७ करोड ८८ लाख रुपैंयाँको बेरुजु फस्र्योट हुन सकेको छैन ।
सो आवमा ८८ अर्ब पुँजीगत खर्च भएकोमा २८ अर्ब ७४ करोड रुपैंयाँ विकास खर्च असार महिनामा मात्रै भएकाले पनि बेरुजु बढाउन मदत गरेको हो । सोही आवमा ३५ अर्ब रुपैंयाँ रकमान्तर गरिएको महालेखा परिक्षक कार्यालयले जनाएको छ ।
महालेखा परिक्षकको कार्यलयको अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय ९ अर्ब २ करोड बेरुजु देखिएको छ । त्यस्तै,दोश्रोमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको ७ अर्ब २३ करोड बेरुजु पुगेको छ । तेश्रोमा अर्थमन्त्रालयको बेरुजुको भ्योल्युम उच्च छ । अर्थ मन्त्रालयको बेरुजु ५ अर्ब ५५ करोड पुगेको छ । त्यस्तै गृह मन्त्रालयको बेरुजु ५ अर्ब ११ करोड, शिक्षा मन्त्रालयको बेरुजु ३ अर्ब ७९ करोड पुगेको छ । शहरी विकास मन्त्रालयको ३ अर्ब ६८ करोड,रक्षा मन्त्रालयको ३ अर्ब ९ करोड बेरुजु देखिएको छ । सिंचाई मन्त्रालयसँग २ अर्ब ६८ करोड र स्वास्थ मन्त्रालयको बेरुजु २ अर्ब २३ करोड रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice