bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39424 ) ) )

मधेस छिर्‍यो एमाले, ‘बाजा बजाएर बिदा गछौ भन्ने भगौडा हुन्’

काठमाडौं । सत्तारुढ दलहरुले ‘एमाले मुक्त मधेस’को आन्तिरक संखघोष गरिरहेका बेला प्रमुख प्रतिपक्ष दल एमाले भने मधेस छिरेको छ । सोमबार सुनसरीको हरिनगरमा मधेसी मोर्चा र माओवादी सेन्टरका करिव २० कार्यकर्ताले मधेसबाट एमाले बिदाई कार्यक्रमको ब्यानर बोके ।

मधेसी मोर्चाका कार्यकर्ताले मधेसबाट एमाले विदाई कार्यक्रम गरेकै स्थलमा सोमबार एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुगे र भब्य कार्यक्रम पनि गरेँ । ‘मधेसबाट एमालेलाई विदाई होइन, बरु एमालेलाई बिदाई गर्न चाहनेहरु कति दिनको पाहुना हो?’ कार्यक्रममा नेता नेपालले भने ।

मधेस जागरण अभियान लिएर गएका नेता नेपालले मधेस क्षेत्र एमालेको पकडमा रहेको बताए । ‘केही ब्यक्तिगत स्वार्थी नेताहरुले मधेसलाई विर्ता सम्झेँ, तर उनीहरुको जन्म र बाबु आमाको ठेगान छैन’ मैथली भाषामा नेपालले भने ‘म मधेसी हुँ, मेरो पुर्खा यहीँ को हो ?’

‘एमालेलाई मधेसबाट बाजा बजाएर बिदा गर्छौं भन्नेहरु जनताबाट हारेका भगौडा हुन्, म मधेसका धर्तिपुत्र हुँ’ नेता नेपालले भने । एमालेले भारतसँग सीमा जोडिएको सुनसरीको हरिनगरबाट आफ्नो जागरण अभियान सुरु गरेको छ ।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोमबार विराटनगर पुगेका छन् । ओली उपस्थित कार्यक्रममा पनि विशाल जनसहभागिता रहेको थियो । ओलीले मधेसी मोर्चाका नेताहरुलाई त्यहाँ पनि खुइल्याउन छोडेनन् । ‘मधेसी मोर्चाका साथीहरु संविधान संशोधन नभएसम्म निर्वाचन हुन दिन्नौ भन्दै हुनुहुन्छ’ ओलीले भने ‘कसैको दम्भले स्थानीय तहको निर्वाचन रोकिदैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice