bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39411 ) ) )

पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

पोखरा, २५ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहनेछ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ हुन लागेको सो प्रतियोगितामा कुल रु एक करोड सात लाख ८२ हजार आम्दानी र रु ८२ लाख ९२ हजार ३०० खर्च हुने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट बचत भएको रकम क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा खर्च गरिने बताएको छ ।

एकेडेमीमा हाल १६ जिल्लाका २८ जना कठिन र विपन्न अवस्थाका बालकलाई निःशुल्क शिक्षादीक्षा र स्वास्थ्य सुविधा प्रदान गरिँदै आएको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice