छापामार शैलीमा संविधान संशोधन बिधेयक संसदमा टेबुल, आधा घण्टामा चार प्रस्ताव पेश

काठमाडौं । प्रमुख प्रतिपक्ष दलहरुको विरोधका बाबजुत सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरेको छ । संविधान संशोधन प्रस्ताव पेश गर्न सभामुख ओनसरी घर्तिले अनुमति दिएलगतै एमालेसहित प्रतिपक्ष दलले नाराबाजी गरेका थिए । नाराबाजीबीच कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबुल गरेका छन् ।

ब्यवस्थापिका संसदको बैठक बसेको आधा घण्टामै तीन बिधेयक पेश भएका छन् । छामामार शैलीमा सरकारले पहिले निर्वाचन सम्बन्धी दुई बिधेयक पेश गरयो भने त्यसपछि निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाइएको छ ।

यी दूई काम गरेलगतै सभामुख घर्तिले संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गरेकी थिइन । त्यसलगतै प्रतिपक्ष दलहले उठेर नाराबाजी गरेका थिए । नाराबाजी कै बीच विपक्षी सांसदहरु प्रेम सुहाल र चित्रबहादुर केसीले दर्ता गरेको विरोध सूचनालाई अस्वीकृत घोषणा गरिन । प्रतिपक्ष दलहरुले आफनो विरोध जारी राखेपछि भोली दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेर सभामुख बाहिरिइन ।

One thought on “छापामार शैलीमा संविधान संशोधन बिधेयक संसदमा टेबुल, आधा घण्टामा चार प्रस्ताव पेश

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice