सत्तापक्ष पछि हट्दा संसदको गतिरोध खुल्यो, संसदमा निर्वाचन सम्बन्धी बिधेयक टेबुल

काठमाडौं । सरकारले निर्वाचन सम्बन्धी बिधेयक पेश गरेपछि लामो समयदेखि अवरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु भएको थियो । संविधान संशोधनको बिधेयक सरकारले टेबुल नगरी निर्वाचन सम्बन्धी बिधेयक टेबुल गरेपछि संसदको गतिरोध हटेको छ । यसअघि एमालेलगायत प्रतिपक्ष दलले संसद अवरुद्ध गर्दै आएका थिए ।

संशोधन प्रस्ताव पहिले टेबुल गर्न सत्तापक्षिय दलहरुले तयारी गरेपनि एमालेको अडानका कारण उनीहरु पछि हटेका छन् । संशोधन प्रस्ताव टेबुल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘बान टु वान’ वार्ता पनि भएको थियो । तर कुरा नमिलेपछि सत्ता पक्ष एक कदम पछाडी हटेको छ । सत्तापक्ष पछाडी हटेपछि संसदको गतिरोध पनि हटेको छ ।

One thought on “सत्तापक्ष पछि हट्दा संसदको गतिरोध खुल्यो, संसदमा निर्वाचन सम्बन्धी बिधेयक टेबुल

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice