bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39330 ) ) )

‘भरिया सरकार हिन्दी भाषा लाद्न तल्लीन छ’–ज्वाला

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले भरिया सरकारको अभिष्ट पुरा हुन नदिने बताएका छन् । एमाले सल्यान काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेता ज्वालाले घुमाउरो पारामा सरकारले हिन्दी भाषालाई नेपालीमा स्थापित गर्न खोजेको बताए । ‘जतिसुकै बल लगाएपनि हिन्दी भाषालाई लागु गर्ने र देश विखण्डन गर्ने सोच पुरा हुन सक्दैन’ ज्वालाले भने ‘जनसंख्याका आधारमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने कुरा पनि स्वीकार गर्न सकिदैन ।’

सरकारले ल्याएको संशोधन बिधेयकले पाँच नम्वर प्रदेशलाई मात्र नभई ६ नम्वर प्रदेशलाई पनि त्यतिकै खतरनाक भएको बताए । ‘दुनियामा कुनै ठाउँमा जनसंख्या बढि हुन्छ, कुनै ठाउँमा भूगोल । तर जनसंख्यालाई मात्र आधार बनाउने हो भने क्षेत्र नम्वर ६ चुप लागेर बस्दैन’ ज्वालाले भने ‘सामान अधिकार सवै क्षेत्रलाई हुनु पर्दछ, कर्णालीसहितको ६ नम्वर प्रदेशको अधिकार कटौति गर्दा हामी चुप लागेर बस्दैनौ ।’ सरकारले राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुगरी संधोधन प्रस्ताव ल्याएको छ ।

सोही कार्यक्रममा एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले राष्ट्रिय संकट निम्त्याउने सरकारबिरुद्ध लाग्न सवै कार्यकर्तालाई आग्रह गरे । ‘प्रदेश नम्वर ६ को अधिकार कटौति गरे, हामी तत्काल आन्दोलनमा जान्छौ’ शाहले भने ।

सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सल्यानबाट म्याराथनमा गोलमेडेल जित्ने पुष्पा भण्डारीलाई सम्मान गरिएको छ । नगद १० हजारसहित उनलाई प्रमाण पत्र दिइएको छ । कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघमा प्रदेश नम्वर ६ बाट निर्वाचित पदाधिकरी र सदस्यलाई पनि सम्मान गरिएको थियो ।

One thought on “‘भरिया सरकार हिन्दी भाषा लाद्न तल्लीन छ’–ज्वाला
  1. यो अरु केही हैन , चाल बाजी हो , यो त हुनुहुन्न , यो बुध्धी भ्रस्त भएका नेताहरु को काम हो , के नै गरेको जस्तो ,

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice