हिजो संविधान जलाउनेहरुले नै देशलाई अप्ठेरोमा पार्न खोजिरहेको छन

 

सरकार आयु लम्ब्याउन लागिपरेको छ ।  संविधान कार्यान्वयन, निर्वाचन गर्नमा भन्दा पनि सरकारको ध्यान आफ्नो  आयु लम्ब्याउन लागिरहेको छ । विभिन्न तहको निर्वाचन गर्नका लागि ११  महिनाभन्दा बढी समय छैन । त्यो समय भित्र निर्वाचन गर्न नसकेमा संवैधानिक संकट निम्तिने बताए ।

सरकारले निर्वाचन गर्नतिरभन्दा कुनै सरोकार नभएको विषय संविधान संशोधन अगाडि बढाउन लागेको  छ । संशोधन कुनै सकारोकार नभएको विषय हो, संशोधनले निर्वाचनलाई कतै सहयोग पुर्‍याउँदैन ।

हिजो संविधान जारी गर्न नदिने, संविधान, जलाउनेहरु च्यात्नेहरुहरुले फेरि देशलाई अप्ठेरोमा पार्न खोजिरहेको छन  । देशलाई प्रहार गर्ने, सार्वभौमसत्तामाथि प्रहार गर्ने अत्यन्तै गम्भीर षड्यन्त्र भइरहेको छ ।

सरकारले ल्याएको संविधान संशोधन विधेयक राष्ट्रहित विपरीत रहेको छ । त्यो प्रस्ताव संसदबाट पारित हुन नदिनका लागि यसको विरोधमा देशभर जागरण पैदा गर्ने आवश्यक छ । संशोधनको विरोधमा काठमाडौं जागेको छ, उपत्यका जागेको छ, अब हिमाल, पहाड, तराई, पूर्व–पश्चिमसहित देशभर जागरण ल्याउनुपर्छ । तराई र पहाडबीच अविश्वास खडा गर्ने खेल भइरहेको छ । यो खेल रोक्नुपर्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice