भृकुटीमण्डपबाट शिवलाल थापाले मागे प्रचण्डको राजीनामा

संविधान संशोधनको विरोधमा सुरु भएको जनप्रर्दशनको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । एमालेसहित विपक्षी नौ दलले काठमाडौं उपत्यकाका ४० ठाउँबाट केन्द्रीय नेताहरुकै अगुवाईमा प्रदर्शन निकालेको हो ।
प्रदर्शनका क्रममा पार्टी झण्डा भन्दा बढी राष्ट्रिय झण्डा बोकिएको दृश्य देख्न पाइन्थ्यो ।

जुलुसमा पनि राष्ट्रियता झल्केन नाराहरु लगाइएको थियो । साथै राष्ट्र भावल ओतप्रेत भएका गीत गाँउदै जुलुस रत्नपार्कबाट भृकुटीमण्डप तिर अगाडि बढेको दृश्य देख्न पाइन्थ्यो । ४० ठाउँबाटै प्रदर्शन रत्नपार्क आइपुगेपछि नौ दलका शीर्ष नेताहरुको नेतृत्वमा संयुक्त प्रदर्शन शुरु गरिएको हो ।

 

संसद अवरुद्ध पारेर एमालेले राजधानीमा एकलाख भन्दा बढी मान्छे उतारेर शक्ति पदर्शन गरेको हो । प्रदर्शनमा विपक्षमा रहेका ९ दलीय गठबन्धनको सहभागिता रहेको छ। आजको सभामा ओली र नौ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले उक्त सभालाई विशेन्द्र पासवानले सम्बोधन गरिरहेका छन ।

यसैबीच पूर्व विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले सम्बोधन गर्दै संविधान संशोधन विद्येयक लैनचौरमा बनेको टिप्पणी गरेका छन । उनले रातमा दर्ता भएको संविधान संशोधन विद्येयक फेल हुने टिप्प्णी गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गरेका छन ।

यसैबीच उक्त सभामा बोल्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री प्रचण्डले जनमत गुमाइसकेको टिप्पणी गरेका छन ।

अहिले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समबेधन गरी रहेका छन ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice