bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39227 ) ) )

प्रचण्डको सचिवालयबाट कसरी हरायो सुशिल ज्ञवाली वर्खास्तको निर्णय ?

आज विहान १० बजेर ३० मिनेट जाँदा मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा बसेको थियो । सोही बैठकले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवालीलाई हटाएको खबर सञ्चारमाध्यममा बाहिरियो ।तर,यही कुरा प्रधानमन्त्री प्रचण्डको आधिकारिक वेव साइड सिएम प्रचण्डमा समावेश गरिएको छैन । दिँउसो १ बजेर २९ मिनेट जाँदा प्रधानमन्त्री प्रचण्डको वेवमा अपलोड गरिएको मन्त्रिपरिषद्को निर्णयमा सुशिल ज्ञवाली हटाइने बुँदा कहिँ कतै उल्लेख गरिएको भेटिदैन ।

त्यहाँ उल्लेख गरिए अनुसार,

आजको मन्त्रिपरिषद बैठकले तोकिएको समय अवधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले समय अवधिभन्दा बढी समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले बहुप्रतिक्षित सहरी विकास समिति गठन गर्ने निर्णय गरेको कुरा उल्लेखित गरिएको छ । त्यसैगरी बैठकले सडक सुधारका लागि एसियाली विकास बैंकको २० अर्व २८ करोड ऋण स्विकार गर्ने निर्णय पनि गरेको छ । बैठकले बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना गर्ने पनि निर्णय गरेको जनाइएको छ ।
ताप्लेजुङ्गमा हत्या गरिएका बन रक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको सञ्चारमन्त्री राम कार्कीले जनाएका छन । कार्यक्षेत्रमा खटेको समयमा हत्या भएकाले उहाँलाई प्रकृया पु¥याएर शहिद घोषणा गर्ने निर्णय भएको छ’ भनिएको छ । त्यस्तै खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कर्णबहादुर खड्काको परिवारलाई पनि जनही १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सम्म उक्त वेवमा उल्लेख छ । तर अति महत्वका साथ प्रचार गरिएको पुननिर्माण प्राधिकरणको सिइओ हटाइएको कुरा उक्त निर्णयमा समावेश नहुनु र बाहिर हावा जसरी मात्र फैलाइनु यो अर्काे चालबाजी त होइन ?

यो कुनै मिडियाबाजी मात्र थियो ? वा अरु कोही ? नभए यति महत्वका साथ मिडियामा उछालिएको सुशिल ज्ञवालीको बर्खास्तीकै कुरा कसरी र किन प्रधानमन्त्री प्रचण्डको वेवमा समावेश भएन ? वा मन्त्रिपरिषद्कै बैठकमा नै नभएको निर्णय कसैको इन्ट्रेस्टमा मिडियामा बाहिरिएको मात्र त होइन ? खोजीको विषय बन्न पुगेको छ ।

तल हेर्नुहोस प्रचण्डको वेवमा उल्लेख गरिएको मन्त्रिपरिषद्को निर्णय

अतिरिक्त समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice