नेपाल भित्रदै गरेको ३४ किलो सुन बरामत

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । दुवईबाट काठमाण्डौ आएको एयर अरेवियाको विमानबाट सुन बरामत गरिएको हो ।

प्रहरीले बरामत सुनमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रिजस्तै आकारका सुनका मालाहरु रहेको बताएको छ । यी सबैको तौल ३४ किलो रहेको छ ।

विषेश सूचनाका आधारमा विमानस्थल पुगेको सिआइबीको टोलीले सुन सहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्ले रहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice