bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39183 ) ) )

ज्ञवालीको स्पष्टीकरणप्रति मन्त्रीहरुको असन्तुष्टी, ‘यो दम्भको संकेत हो’–मन्त्री कार्की

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले दिएको स्पष्टीकरणप्रति सरकारका मन्त्रीहरुले असन्तुष्टी जनाएका छन् । सुृचना तथा सञ्चारमन्त्री राम कार्कीले ज्ञवालीको १२ पन्ने स्पष्टीकरण दम्भको संकेत भएको बताए । ‘भूकम्प पीडित त्रिपालमा दिन गुजारा गरिरहेका बेला सरकारले प्राधिकरणको काम कारवाही प्रति चित्त नबुझाएर कार्यकारी अधिकृतलाई स्पष्टीकरण सोधेको थियो’ मन्त्री कार्कीले भने ‘तर उहाँले अर्थ, सामान्य र सहरी विकास मन्त्रालयलाई दोष देखाएर उन्मुक्ति पाउने कोशिस गर्नु भएको छ, त्यो दम्भको संकेत हो ।’

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला नियुक्त भएका ज्ञवालीलाई हटाउन सरकारले स्पष्टीकरण सोधेको थियो । उनको काम कारवाहीको बहाना बनाएर स्पष्टीकरण सोधिएको थियो । ज्ञवालीले आफ्नो स्पष्टीकरण पत्र प्रधानमन्त्री कार्यालयलाई बुझाए लगतै मन्त्रीहरुले प्रतिक्रिया दिन थालेका छन् । स्पष्टीकरण पत्र नै नपढी मन्त्रीको प्रतिक्रिया आउनुलाई ज्ञवाली हटाउन सरकार तयार भएको संकेत गरेका छन् ।

उता ज्ञवालीले भने आफ्नो स्पष्टीकरण पत्रमा दर्जना प्रश्न सरकारलाई तेस्र्राएका छन् । उनको प्रश्न बढि मात्रामा अर्थमन्त्री कृष्णबहादुर महरा प्रति लक्षित छ । समयमा रकम निकास नगरेका कारण र सामान्य प्रशासन मन्त्रालयले कर्मचारी परिचालन गर्न नसक्दा भने अनुसारको काम गर्न नसकिएको आफ्नो स्पष्टीकरणमा ज्ञवालीले उल्लेख गरेका छन् ।

ज्ञवालीलाई पाँच बर्षका लागि प्राधिकरणको कार्यकारी अधिकृत नियुक्ति गरिएको थियो । सरकार परिवर्तनसँगै उनलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले निकै कोशिस गरेका थिए तर अदालतले पुर्नबहाली गरिदिने आशंका पाएपछि हटाउन सकेका थिएनन् । हटाउनलाई कानुनी प्रक्रिया पुरा गर्न प्रधानमन्त्री दाहालले स्पष्टीकरण सोधेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice