bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39158 ) ) )

प्रचण्डसँग कृष्णबहादुर महराले हारेको त्यो पल

अवस्था यस्तोसम्म निराश लाग्दो छ कि,अघिल्लो वर्षको भूकम्पमा परी नौ हजार बढीले ज्यान गुमाउदा ती मध्य बीमा गरेका जम्मा ३ सय ९२ जना मात्र थिए । बीमाको अबस्था यतिसम्म दयनीय र विरक्त लाग्दो छ । त्यही स्थानमा नियुक्त गर्ने नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री कृष्ण बहादुर महराको चेपुवामा पर्दा एक विरक्त हुँदै मंगलबार नै काठमाडौं छाडेर हिडेका छन ।
सरकारले पोखरा विश्वविद्यालयका सह प्रध्यापक तथा बीमा विज्ञ डा रबिन्द्र घिमिरेलाई आकर्षक मध्यको एक पद बीमा समितिको अध्यक्षमा नियुक्ती दिएको थियो ।


अर्थमन्त्री कृष्ण बहादुर महरा निकट रही जनयुद्ध समेत लडेका र जेल नेल भोगेका उनलाई मन्त्री महराले आश्वासन पनि दिएका थिए ।गत पुस १४ गते मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयबाट तपाईको नाम सिफारिस भइसकेको छ ।
अर्थमन्त्रीबाट आश्वासन पाएका उनी त्यसको भोलीपल्ट १५ गते पोखराबाट काठमाडौं आए । बीचमा दुई दिन सरकारी विदा प¥र्यो । तर उनले नियुक्ती पाइसकेका थिएनन । मिडियामा भने बीमा समितिको अध्यक्षमा उनी नियुक्त भएको खबर आइसकेका थिए ।योसँगै उनले फोन एसएमएस र म्यासेज मार्फत प्रशस्त बधाई खाए ।
तर मंगलबार उनी निराश भए जब सरकारले उनको ठाँउमा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. चिरञ्जिवी गुरागाँइको नियुक्ती भएको खबर बाहिरियो ।
यस अगाडिका बीमा समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसीकोपदावधी यही पुस ७ गते सकिएको हो । अर्थमन्त्री महराले चाहेर पनि रबिन्द्र घिमिरेलाई नियुक्त गर्न सकेनन । प्रधानमन्त्री प्रचण्डको चेपुवामापरेपछि सोमबार दिनभर नियुक्तीपत्र लिनका लागि अर्थमन्त्रालयमा मन्त्रीकार्यकक्ष ढुकेर बसेका रबिन्द्रले मन्त्रीबाट भेट त पाएनन् । बरु त्यसको बदलामा एउटा ठूलो चोट बोकेर मंगलबार बिहानै उनी आफ्नो पूरानै कार्यक्षेत्रमा फर्किए ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रीको प्रस्तावलाई इन्कार गरी यस अगाडि नागरिक लगानी कोषका प्रमुख समेत रहेका तथा प्रधानमन्त्री प्रचण्डका नातेदार ऋषिराम गौतमको दबाब र प्रभावमा उनको नाम काटेर सो ठाँउमा चिरञ्जिवीलाई घुसाइएको हो । ऋषि आफैं पनि सो पदका दाबेदार थिए । उनको नियुक्ती हुन नसके पछि ऋषिकै दबाबमा रबिन्द्रको नाम काटेर चिरञ्जिवीलाई बीमा समितिको अध्यक्ष बनाइएको हो ।

One thought on “प्रचण्डसँग कृष्णबहादुर महराले हारेको त्यो पल
  1. JANAYUDDHA MA SAGAI LADEKA / JEL NEL BHOGEKA MATRAI NABHAI SAMBANDHIT CHHETRA MAI PHD GAREKA MAOBADI YODDHA KO TA YASARI BEIJJAT GARINCHHA ; KATHMANDU BOLAYERA ” HATTI AAYO ; HATTI AAYO FUSSA / TAI TAI FISH ” BANAINCHHA BHANE BICHARA SOJHA SAJHA JANATALE YO SARAKAR BATA K KO AAS GARNE ! BICHARA RABINDRA JEE LE CHIRINJIVI LE JASTO PARTY PRAMUKH LAAI AARTHIK SAHAYOG GARNA SAKNU BHAYENA HOLA ; KE GARNE !!

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice