bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39154 ) ) )

देउवाले भनेः खुमबहादुरजी विमलेन्द्रलाई भारतले रोज्यो क्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतलाई देखाउँदै दुई महिनाअघि प्रभावशाली नेता खुमबहादुर खड्कालाई पार्टी उपसभापति बनाउन नसक्ने जानकारी दिए । ‘भारतले विमलेन्द्रलाई रोज्यो, म तपाईलाई उपसभापति बनाउन सक्दिँन, बरु तपाईले रुचाएका पूर्णबहादुृर खड्कालाई महामन्त्री र पुष्पा भूषाललाई संसदीय वोर्डमा लिन्छु’ खड्कालाई आश्वस्त पार्दै देउवाले भने ।

देउवा निवास बुढानीलकण्डमा २५ कार्तिक विहान भएको यो सहमतिमा पनि खुमबहादुरले धोका खाएका छन् । जनआस्थाका अनुसार देउवाले तरुण दलको अधिबेशन लगतै नियुुक्त गर्ने आश्वासन दिएका थिए । तर तरुण दलको अधिबेशन सकिएको महिनौ वितिसक्दा पनि खडकाले महामन्त्रीमा र भूषालले संसदीय बोर्डमा नियुक्ति पाएनन् ।

पार्टी महाधिबेशनका बेला खड्कालाई उपसभापति बनाउने आश्वासन देउवाले दिएका थिए । आश्वासन दिने तर काम नगर्ने भएपछि खुमबहादुर देउवा क्याम्प छाड्ने अन्तिम कसरतमा जुटेका छन् । उनले पछिल्लो समय देउवालाई संसददेखि पार्टीभित्र समेत सहयोग नगर्ने आश्वासन दिइसकेका छन् ।

‘मैले बारम्वार सभापतिलाई सहकार्य र सहमति कार्यान्वयनका लागि पहल गरेँ, शंकरजीलाई मन्त्री बनाउने बाहेक मैले भनेको उहाँले केही मान्नु भएन’ आफ्नै निवास सानेपामा खड्काले आफु निकटका ब्यक्तिहरुसँग भने ‘अब लडाई देउवासँगै हुन्छ, तपाईहरु तयार बस्नुहोस् ।’

खडकाले दुई महिना पुरानो सहमति कार्यान्वयन नभए देउवाको सक्रियतामा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा पनि आफु पक्षका सांसदहरुले सहयोग नगर्ने बताएका छन् । ‘हामी मात्र इमान्दार बन्नु पर्ने, सभापतिज्यू जे मन लाग्यो त्यही गर्ने’ आफु निकटका नेता कार्यकर्तासँग उनले भने ‘सीमांकन हेरफेरसहितको संविधान संशोधनमा साथ दिन सकिँदैन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice