नेपालमा इन्धनको मुल्य बृद्धि नहुने

अन्तराष्ट्रिय बजारमा अंग्रेजी नयाँ बर्षको सुरुआतसँगै इन्धनको मुल्य वृद्धि भए पनि नेपालमा बृद्धि नहुने भएको छ । मुलुक भरी इन्धनको मुल्य बृद्धि भए सँगै भारतमा पनि आइतबार देखि पेट्रोल र डिजेलको मुल्य वृद्धि भइसकेको छ । इन्डियन आयल कर्पाेरेसनले आइतबार देखि लागु हुनेगरि पेट्रोलमा प्रतिलिटर १ रुपैँया २९ पैसा र डिजेलमा ९७ पैसा मुल्य वृद्धि गरेको छ ।

निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले आईओसीले अंग्रेजी नयाँ वर्षकै दिन पेट्रोल तर्फ प्रतिलिटरमा २ रुपैँया र डिजेल तर्पm १ रुपैयाँ ५० पैसा वृद्धि गरेर मुल्य सुचि पठाएको जानकारी दिए ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा भएको वृद्धिका आधारमा आइओसीले मुल्य वृद्धिको नयाँ मुल्य सुचि पठाए ता पनि नेपालमा नयाँ सुचीको आधारमा विक्रि नहुँदा निगमलाई करिव डेढ रुपैयाँ घाटा हुने गरेको उनले बताए । उनले भने ‘आईओसीबाट मुल्य वृद्धिको नयाँ मुल्य सुची आएता पनि तत्काललाई मुल्य वृद्धि हुँदैन ।’

खड्काले अन्तराष्ट्रिय मुल्य र आइओसीले पठाएको मुल्यको आधारमा केहि दिन भित्रै खाना पकाउने एलपी ग्यासको मुल्य स्वचालित मुल्य प्रणाली अनुसार नयाँ मुल्य कायम गरिने जानकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice