संविधान संशोधन प्रस्ताव फिर्ता गर्नै पर्छ: विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतको इशारामा ल्याइएको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नु पर्ने बताएका छन् ।

यदि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिए सरकार ढल्न सक्छ । प्रस्ताव फिर्ता नलिए माओवादी नेतृत्वको सरकार ढाल्नमा नेपाली कांग्रेस आफै अग्रसर हुने छ ।

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको मिति घोषणा नगरे माओवादीले सरकार गुमाउने अवस्था आएको बताए ।
अंगिकृत नागरिकलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिने प्रावधान आफ्नो पार्टीलाई मान्य नहुने बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice