तीन दलको बैठक : हात्ती आयो हात्ती आयो फुस्सा !

विगत  लामो समयदेखि नेपाली राजनीतिमा देखिएको गतिरोध अन्त्य हुने नेपाली जनताको आशामा निराशामा बदलिएको छ ।  राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मध्यान्ह  सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ–आफ्नै अडानमा कायम रहेपछि सहमति नभएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी केपी ओली र बामदेव गौतम रसरकार पक्षबाट प्रधानमन्त्री प्रचण्ड र माओवादी नेता नारायणकाजी श्रेष्ठ,कांग्रेसका शेर बहादुर देउवा र रामचन्द्र पौडेल सहभागी थिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोर्होयाएका थिए । उनले बैठकपछि पनि पत्रकारहरुसँग कुरा गर्दै संशोधन प्रस्ताव फिर्ता भए सहमति हुने बताए ।

यद्यपि  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास जारी राख्ने बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice