यता टोपी दिवस,उता धोती दिवस !

मुलुकको लागि अहिले खाँचो थियो जातिय एकता र सद्भावको । विगत तीन वर्ष देखि काठमाडौंमा जनवरी १ तारिखलाई टोपी दिवसको रुपमा मनाउन थालेसँगै तराईमा सोही दिनलाई धोती दिवसको रुपमा मनाउन थालिएको छ । काठठमाडौंमा टोपी दिवस मनाउन थालिएसँगै तराईमा भने यस्लाई राजनीतिक रंग दिएर धोती दिवस मनाउन थालिएको छ ।  तराईमा धोती दिवस मनाउन थालिएको २ वर्ष हुँदैछ ।
काठमाडौंमा धुमधामका साथ टोपी दिवस मनाइरहँदा आइतबार बाराको कलैयामा धोती र्याली निकालिएको छ । काठमाडौंमा टोपी दिवस मनाउनेहरुले नेपाली पन ,नेपाली मन नेपाली राष्ट्रिय पोसाकको जगेर्ना भन्ने प्ले कार्ड बोकेर ढाका टोपी लगाएर सडकमा निस्किएकै समयमा  विश्व संस्कृति दिवस तथा दोश्रो धोती दिवसको अवसरमा ‘धोति हमारी शान है, मधेशियो कि पहचान है’ नाराका साथ कलैयाको माईब्रह्म स्थानबाट निस्केको र्यार्ली निकालिएको थियो ।
कोणसभामा मन्तव्य राख्दै पूर्वसभासद तथा आयोजक प्रमोद प्रसाद गुप्ताले धोती मधेशको पहिचान भएको र त्यसलाई संरक्षण गर्नुपर्ने बताए । गुप्ताले मधेशको पहिचान धोतीलाई नेपालका केही समुदायले अपमान गरेको भन्दै सबै मधेशी समुदायले धोती पहिरनको रुपमा प्रयोग गरी ती तत्वहरुलाई दबाब दिनुपर्ने बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice