bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39053 ) ) )

सहकारी त्यो लक्ष्यः एकका लागि सवै र सवैका लागि एक

काठमाडौं– बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको सातौं बार्षिक साधरणसभा सम्पन्न भएको छ । प्रमुख अथिति पूर्वमन्त्री एव्म सांसद टोपबहादुर रायमाझी र अथिति सांसद सोनिया यादवको उपस्थितिमो शनिवार सम्पन्न साधरणसभाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

साधरण सभाले अध्यक्ष छन्द पन्थीको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै ०७२–०७३ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ । ‘एकका लागि सवै र सवैका लागि एक’ भन्ने मूल नारा रहेको यो सहकारीले विभिन्न रेमिट्यान्स कम्पनीसँग मिलेर रेमिट्यान्स सम्बन्धी काम पनि गर्दै आएको छ ।

सहकारीमा साधरणसभा हुनेबेलासम्म १८७ सेयर सदस्य सख्या रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक सहकारीले ६० लाख ६६ हजार रहेको शेयर पुँजीलाई बढाएर आगामी बर्ष एक करोड पुर्राउने लक्ष्य लिएको छ । साधरणसभासम्म आउँदा सहकारीले ५२ लाख रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले बचत रकम उत्पादनशील क्षेत्रमा लगाउने र रोजगारी बढाउने कुरालाई ध्यान दिएको जनाइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice