bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39021 ) ) )

अंग्रेजी नयाँ बर्षमा जनार्दन र कुलमानको उपहारः लोडसेडिङ मुक्त नेपाल

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मा र बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिडको कुशल कार्यसम्पादनले अंग्रेजी नयाँ बर्षमा नेपाल लोडसेडिङ मुक्त देश भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारमा सवैभन्दा सफल मन्त्री बनेका शर्माले आफ्नो प्रतिवद्धता पुरा गर्दै नेपाललाई लोडसेडिङ मुक्त देश बनाएका छन् । प्रचण्ड सरकारको कार्यसम्पादनमा चौतफी विरोध भएपछि उर्जामन्त्री शर्मा र प्राधिकरणका प्रमुख कुलमानको निकै प्रशंसा हुन थालेको छ ।

 
नयाँ बर्ष सन् २०१७ सुरु भएकै दिन नेपाल भारत अन्तरदेशीय प्रशारण लाइन ढल्केवर मुजफ्फरबाट ४० मेगावाट र आन्तरिक प्रशारण लाइनबाट १३ मेगावाट बिद्य्त राष्टिय प्रशारण लाइनमा जोडिएपछि नेपाल लोडसेडिङ मुक्त देश बनेको छ । नदीहरुमा पानीको सतह घटेपछि आन्तरिक उत्पादनमा कमी आएलगतै बिद्य्त प्राधिकरणले भारतबाट ४० मेगावाट बिद्य्त खरिद गरेको हो भने आन्तरिक उत्पादनमा १३ मेगावाट थपिएको छ । उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका प्रमुख कुलबहादुर घिसिडको कुलस कार्यका कारण नेपाल लोडसेडिङ मुक्त भएको छ ।

 
नेपाललाई लोडसेडिड मुक्त बनाएपछि सामाजिक सञ्जाल र जनस्तरमा मन्त्री जनार्दन शर्मा र कुलमानको निकै प्रशंसा हुन थालेको छ । पत्रकार बिजयकुमारले जनार्दन शर्मा र कुलमानलाई उत्कृष्ट ब्यक्ति घोषणा गर्न माग पनि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो माग गरेका हुन् ।

 
सुख्खायाममा पानीको सतह घट्न र बिद्युत उत्पादनमा कमी आउने भएपछि प्राधिकरणले भारतबाट थप विजुली ल्याउने तयारी थालेको छ । राजधानी उपत्यकालाई लोडसेडिङ मुक्त राख्ने र देशका अन्य ठाउँमा थोरै मात्र लोडसेडिड गर्ने लक्ष्य प्राधिकरणले लिएको छ ।

8 Comments
  1. j vaye pani yo sharma lai out garnu parxa yo kul man ko aad leyera salla chokho baneko .nito yeti sall samma kina loadsading ko anta na garekota ta yo urja mantri lee yo salla chor ho…….

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice