राप्रपाको कार्यक्रममा रेखा थापा र कोमल ओलीको प्रतिष्पर्धा

पछिल्लो समय (गाई पार्टी) राप्रपामा गायिका कोमल ओली र नायिका रेखा थापाबीचको प्रतिष्पर्धा चुलिएको छ । केही दिन अगाडि मात्र कार्यक्रमको सिलसिलामा झापा पुगेकी कोमल ओलीले अहिलेसम्मकै दमदार भाषण गरेकी थिईन । उनले त्यहाँ आफू गायिकाको रुपमा नभएर राप्रपाको कार्यकर्ताको रुपमा झापा आएको मन्तव्य समेत दिएकी थिइन ।
यता गायिका कोमल ओलीकै गृह जिल्ला दाङमा पुगेर आजै नायिका रेखा थापाले भाषण गर्दैछिन । त्यहाँ उनी पनि एउटा नायिकाको रुपमा भन्दा राप्रपाको कार्यकर्ताको रुपमा भाषण गर्न लागेकीहुन ।


भोली यी कोमल ओली र रेखा थापा दुबै महेन्द्रनगरमा एउटै कार्यक्रममा उपस्थित हुने कार्यक्रम तय भइसकेको छ ।
राप्रपाले कलाकारलाई राम्रै मादल बनाउने भएको छ । उस्ले पछिल्लो समयमा कलाकारलाई प्रयोग गरी आफ्नो राजनीति चलाइरहेको छ ।
राप्रपा पार्टीमा यस अगाडि नै गोपिकृष्णका हलमालिक उद्धव पौडेलहरु प्रवेश गरिसकेका छन । उनी अघिल्लो संविधानसभाको चुनावमा जमानत समेत बचाउन नसकेका उम्मेद्धार हुन । त्यस्तै प्रदीप कुमार उदयहरु समेत राप्रपा पार्टीसँगै आवद्ध छन ।

गत मंसिर ६ गते राप्रपा नेपाल र राप्रपाबीच एकीकरण हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानमा कोमल ओलीले दुई पञ्च कमल थापा र पशुपति शमशेरको हातबाट माला लगाएर राप्रपा प्रवेश गरेकी थिईन । त्यस्को करिब महिना दिन पछाडि नायिका रेखा थापा आफ्ना आमा सरस्वतीको साथमा राप्रपा बनेकी हुन । अहिले आमन्त्रित केन्द्रीय सदस्य पड्काउने मोहमा यी दुबैबीच प्रतिष्पर्धा छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice