bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38989 ) ) )

लौ चिन्नुहोस,कुन कलाकार कुन दलको मादल ?

चैते कलाकारहरु कहिले कुन दलको मादल बन्छन,कहिले कुन दलको । शेरधन राई सञ्चारमन्त्री हुँदा ‘खाँटी एमाले हुँ’ भन्दै सरिता लामिछानेले यूवासंघका अध्यक्ष राजीव पहारी, गोविन्द थापाहरुलाई समेत गुमराहमा पारिन । लाखौ प्रयास गर्दा पनि उनको सपना साकार हुन सकेन । उनी सो समयमा एमाले हुँ भन्दै चलचित्र विकास वोर्डको वोर्ड सदस्य पडकाउन मरिहत्ते गरेर लागिपरेकी थिइन । त्यस समय यूवा संघका अध्यक्ष राजीव र उनै गोविन्दहरु सरितालाई वोर्ड सदस्य बनाउन कम्मर कस्सेर लागि परेका थिए । तर केही जोर चलेन । विकास बोर्डको सदस्य नपाएपछि आक्रोसित बनेकी सरिताले राजकुमार राईलाई अगाडि लगाएर बुढानीलकण्ठस्थित कांग्रेस सभापति देउवा निवास धाउन थालिन र उनी खाँटी कांग्रेस बन्न पुगिन ।

गत बुधवार उनीसहित कृष्ण मल्ल,रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा चारतारे झण्डामुनि गएका छन । यस अगाडि माओवादी भएका नीर शाह अहिले कांग्रेस बन्न पुगेकाछन । चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई यस अगाडि पञ्चे पार्टीमा थिए । उनी सो परित्याग गरी काग्रेस बनेका हुन ।

केही दिन अघि मात्रै गायिका कोमल वली,रेखा थापा राप्रपा पार्टीको झण्डा मुनी पुगेका छन । उद्धव पौडेल,प्रदीप कुमार उदयहरु इस अगाडि नै गाई पार्टीमा पुगेका छन । यता नायिका करिष्मा मानन्धर,सरोज खनाल,अशोक शर्मालगायत बावुराम भट्टराईको नयाँ शक्तिमा पुगेका छन । मधु गुरुङ,भुवन केसी,दिनेश डिसी,मनोज गजुरेल बद्री पंगेनी लगायतका कलाकार पार्टीमा कुनै जिम्मेवारी नपाए पनि एमार्ले प्रति आस्था राख्ने कलाकारमा पर्दछन । राजेश हमाललाई काग्रेस निकटको रुपमा चिनिन्छ । जेवी टुहुरे,नवल खड्का,चेतन सापकोटा माओबादीमा संलग्न छन् । कलाकारमा सरिता जस्तै चैते प्रवृत्ति देखाँउदै पार्टी परिवर्तन गर्नको संख्या कमी छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice