सुनसान रातमा वित्यो पारसको जन्मदिन, परिवारका सदस्यहरु थाइल्याण्ड भ्रमणमा

काठमाडौं । लामो समयदेखि परिवारबाट एक्लो बस्दै आएका पूर्वयुवराज पारस शाहले आफ्नो जन्मदिन पनि परिवार विनै मनाएका छन्र । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार लिएर थाइल्याण्ड भ्रमणमा निस्केपछि पारस आफ्नो जन्मदिनमा एक्लै परेका हुन् । बुवा पूर्वराजा, आमा पूर्वरानी कोमल, पत्नी हिमानी, छोरा र छोरीहरु थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमणमा निस्केपछि उनी एक्लै परेका हुन् ।

उनको जन्मदिनमा कुनैपनि परिवारका सदस्य थिएनन् । केही आफ्न्तसहित उनले सुनसानसँग आफ्नो जन्मदिन मनाएका छन् । शुक्रबार पारसको ४५ औं जन्मदिनमा थोरै मात्रै शुभेच्छुकहरुको सहभागिता थियो । पूर्वराजा ४ पुसमा थाइल्याण्डतिर लागेका थिए । उनको भ्रमण टोलीमा १५ जना छन् । तर, पारस छैनन् । ज्ञानेन्द्र शाह करिब एक महिना थाइल्याण्ड नै वस्ने छन् ।

One thought on “सुनसान रातमा वित्यो पारसको जन्मदिन, परिवारका सदस्यहरु थाइल्याण्ड भ्रमणमा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice