भारतीय राजदुतसँगको बैठकपछि मधेसी मोर्चा संविधान संशोधनका पक्षमा उभिएको खुलासा

काठमाडौं । भारतीय राजदुत रंजित रायसँगको भेटपछि मधेसी मोर्चा आफ्नो पुरानो अडानबाट एक्कासी पछाडी हटेर सरकारले ल्याएको संशोधन प्रस्तावको पक्षमा उभिएको छ । तीन दिन अघिसम्म सरकारले ल्याएको संशोधन प्रस्तावलाई परिमार्जन गर्नु पर्ने माग राख्दै आएको मोर्चाले शुक्रबार एकाएक लचक भएको छ ।

बुधबार भारतीय राजदुत रंजित रायसँग लैनचौरमा मधेसी मोर्चाको डिनर मिटिड भएको थियो । स्रोतका अनुसार भारतीय राजदुत रायले आफु एमाले नेताहरुसँग पनि सम्पर्कमा रहेको र संशोधन प्रस्ताव पास हुने आश्वास दिएपछि मोर्चा नेताहरु लचक भएका हुन् । भारतीय राजदुतले संविधान संशोधन प्रस्ताव पास हुने आश्वास दिएपछि मोर्चा नेताहरु तत्कालै बैठकमा वसेका थिए ।

बैठकमा संघिय समाजबादी फोरमले विरोध गरेपनि अन्य सवै दल भने संशोधनका पक्षमा उभिएका थिए । बैठकको निर्णयपछि शुक्रवार पत्रकार सम्मेलन गरेर उनीहरुले लचकतामा आउने संकेत गरेका हुन् । भारतीय राजदुत रायलाई भेट्न तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगाएत एक दर्जन मोर्चा नेताहरु लैनचौरस्थित दुतावास पुगेका थिए ।

भारतीय राजदुत रायले तत्काल वर्तमान प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न भारत तयार नभएको संदेश पनि मोर्चा नेताहरुलाई सुनाएका थिए । उनले प्रचण्डका पक्षमा उभिन नेताहरुलाई आग्रह गरेको स्रोतले बताएको छ । प्रचण्डलाई सहयोग गर्न पनि संविधान संशोधनका पक्षमा उभिन मोर्चा नेताहरुलाई राजदुत रायले सल्लाह दिएको स्रोतले बताएको छ ।

एमालेले संशोधनका पक्षमा भोट हाल्दैन, भेटमा भारतीय राजदुत रायले भने तरपनि संविधान संंशोधन प्रस्ताव संसदबाट पारित हुन्छ । उनको यही संदेशले मोर्चा नेताहरु आफ्नो पुरानो अडानबाट पछि हटेका छन् ।

मोर्चा नेताहरुसँगको बैठकपछि थप नेपाल रणनीति बनाउन राजदुत राय भारततर्फ लागेका छन् ।

One thought on “भारतीय राजदुतसँगको बैठकपछि मधेसी मोर्चा संविधान संशोधनका पक्षमा उभिएको खुलासा
  1. हैन आफ्नो सद बुध्हीले काम गरेन र तेही धाउनु पर्ने , भो भो राजनीति छोडल , गाउ जाबै

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice