bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38976 ) ) )

बाबुराम भट्टराईको अनोठौ उद्घोष: ‘प्रधानमन्त्री बन्नुपर्ला, नयाँ झन्झटमा फसिएला भनेर माओवादी पार्टी छाडेको हुँ ’

‘म मानिस हुँ, म मरिँहाले भने तपाईंहरु के गर्नुहुन्छ ? नयाँ शक्ति चलाउनुहुन्न ? मानौं, म प्रचण्डको पार्टीमा गएँ रे, (म जान्नँ, मलाई थाहा छ) तर, के तपाईंहरु लुरुलुरु मेरो पछि लाग्नुहुन्छ ? यस्तो हल्लाको पछि लागेर पनि हुन्छ ?’
म माओवादीमै बसेको भए १५–२० दिन बढी नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको तर नयाँ शक्ति बनाउने उद्देश्यकै कारण हतारमा पार्टीको छाडेका हुँ ।
तपाईहरुले यति त विश्वास गर्नुस, १५/२० दिन बढी माओवादीमै बसेको भए म प्रधानमन्त्री बन्थेँ, म प्रधानमन्त्री बन्नुपर्ला, नयाँ झन्झटमा फसिन्छ र नयाँ शक्ति बन्दैन भनेर मैले हतार गरेर माओवादी पार्टी छोडेकै हो । म त्यसरी छोडेर आएको छु तपाईंहरु किन विश्वास गर्नुहुन्न ? तपाईहरु यस्ता कुरामा अल्मलिने हो ?
कृष्ण जन्मिनुभन्दा अगाडि नै हत्या गर्न अनेक प्रयत्न भएजस्तै नयाँ शक्तिलाई अगाडि बढ्न पुराना राजनीतिक कंशहरु क्रियाशील रहेकाछन । जसरी कृष्ण गर्भमै रहँदा र जन्मिनासाथ पनि के के भए, तपाईंहरुलाई थाहै छ । नयाँ शक्तिलाई पनि नजन्मिँदै हत्या गर्न खोजियो, जन्मिएपछि पनि घेराबन्दी छ, घेराबन्दीकै बीचमा खुइल्याउन पनि खोजिएको छ ।
राजनीतिक असम्भव भन्ने हुँदैन, उनी सच्चिएर नयाँ शक्तिको मूल्य मान्यता मानेर आए भने हामी स्वागत गर्छौं, तर, हामी जाने भन्ने हुँदैन । मैले स्पष्ट भनेकै छु । रुपान्तरण भएर आउनुहोस् भन्ने हाम्रो आव्हान हो ।
( नयाँ शक्ति नेपालको राजनीतिक समितिको वैठकमा हिजो बिहिवार संयोजक बाबुराम भट्टराईको सम्बोधनको अंश )

One thought on “बाबुराम भट्टराईको अनोठौ उद्घोष: ‘प्रधानमन्त्री बन्नुपर्ला, नयाँ झन्झटमा फसिएला भनेर माओवादी पार्टी छाडेको हुँ ’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice