bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38958 ) ) )

खेलाडीको भोको पेटमा खेल सञ्चालकको लाखौ कमिशन,खेलाडी आक्रोसित

काठमाडौं । सातौ राष्ट्रिय खेलकुदमा भाग लिएका खेलाडीहरुको दैनिक भत्तामा कमिशनको खेल भएको छ । राष्टिय खेलकुद परिषदले प्रत्येक खेलाडीलाई दैनिक १४ सय भत्ता दिने निर्णय गरेको थियो । तर खेल सञ्चालक र होटल ब्यवसायीको मिलेमतोमा कमिशनको खेल भएको खेलाडीहरुले बताएका छन् ।
खेल सञ्चालकहरुले खेलाडीहरुका लागि साँझ विहानको खाना, नास्ता र बसोबासका लागि ६६० होटललाई बुझाउने पूर्व सहमति गरेका थिए । खेलको ब्यस्तताका कारण खेलाडीले विहानको खान होटलमा खान नपाएपछि रकम घट्नु पर्ने थियो । तर खेल सञ्चालक र होटल मालिकहरुले ६० रुपैया मात्र घटाउन मानेको खेलाडी किशोरराज जोशीले बताए ।
पूर्वाञ्चलमा जारि सातौ राष्टिय खेलकुदमा खेलाडीको रकम ठग्न खेल सञ्चालकहरु सक्रिय भएपछि खेलाडीहरु दुखी भएका छन् । उनीहरुले खेल सञ्चालक र होटल ब्यवसायीमाथी छानविन गर्ने राष्टिय खेलकुद परिषदसँग आग्रह पनि गरेका छन् ।
खेलाडीले भोको पेट खेल खेल्दा पनि उनीहरुको खानाको रकम होटल ब्यवसायीले घटाउन मानेन् । एक छाक खानाको होटल ब्यवसायीले २ सय रुपैया लिने गरेका छन् तर खाना नखाएको रकम भने ६० रुपैया मात्र घटाएका छन् । खेल ब्यस्तता र होटल टाढा भएका कारण खेलाडीले विहानको खाना नखाने होटल सञ्चालकलाई जानकारी गराइसकेका थिए ।

One thought on “खेलाडीको भोको पेटमा खेल सञ्चालकको लाखौ कमिशन,खेलाडी आक्रोसित
  1. अब यो कमिसन खानेलाई छ्याप कि छ्याप कात्नु पर्‍यो , हदै हुँदैछ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice