प्रचण्डले तामाकोशीको शेयरले आफ्ना लडाकुलाई पोस्न खोजेपछि रडाको

माथिल्लो तामाकोशी आयोजनाको ११ अर्व रुपैंया बरावरको सेयर माओवादी पूर्व लडाकुका नाममा वितवरण गर्ने प्रचण्ड नेतृत्वको सरकारले तयारी गरेसँगै दोलखाका सांसदले त्यस्को विरोध गरेका छन ।
दोलखाका सांसद पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयरसम्बन्धी हकदार त्यहाँका नागरिक रहेको भन्दै त्यसलाई दायाँबायाँ हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।
पत्रकार सम्मेलनमा पूर्व मन्त्री तथा दोलखा क्षेत्र नम्बर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकार आयोजना बन्न नदिने षडयन्त्रमा लागि परेको आरोप लगाए । सांसद पोखरेलले कुनैपनि वित्तिय ऐन, नियम र कानुनले आयोजनाको सेयर सम्बन्धी अवधारणा परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै सरकार आफैले आयोजना बिथोल्ने गरी द्वन्द्व बढाउन लागेको आरोप समेत लगाए ।
सांसद पशुपति चौलागाईंले सरकारले आयोजनासँग ८ प्रतिशत व्याज लिनेगरी भएको लगानीको सेयर कुनै राजनीतिक दलका संघ संगठनलाई दिनै नसकिने जनाए ।
अर्का सांसद पार्वत गुरुङले माओवादी पूर्व लडाकुलाई सेयर वितरण गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पूर्व लडाकुलाई अलमल्याउन खोजेको आरोप लगाए । माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनिरहेको देशको सबैभन्दा ठूलो र पहिलो आयोजना हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice