कुलमानको निर्णय विरुद्ध सर्वाेच्च अदालतको अन्तरिम आदेश

 

लोडसेडिङ अन्त्य गर्ने अभियानमा असहयोग गरेको आरोप खेपेका र सोही आरोपमा बर्खास्तीमा परेका नेपाल विद्युत प्राधिकरणका तीन जना सदस्यलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत थमौति गरेको छ ।

संचालक सदस्यत्रय लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गर्ने उर्जा मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको हो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकाविरुद्ध अभियान थालेपछि उनीहरुलाई उर्जा मन्त्रालयले बर्खास्त गरेको थियो ।

पुस ४ मा उनीहरुलाई बर्खास्त गरी मन्त्रालयले नयाँ सदस्य थप गरेको थियो । अदालतले तत्कालका लागि बर्खास्तीको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिएसँगै नयाँ नियुक्ति पनि प्रभावित भएको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice