bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38942 ) ) )

मलाई संसदको कमाण्डभन्दा युद्धको फौजी कमाण्ड नै सजिलो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध पारिरहेका बेला सभामुख ओनसरी घर्तिले संसदको कमाण्डभन्दा विगतमा आफुले गरेको सशस्त्र युद्धको फौजी कमाण्ड सजिलो भएको बताएकी छिन् ।
‘युद्धको फौजी कमाण्ड गर्दा कडा र सोझो हुन्थ्यो, त्यो मलाई सजिलो लाग्थ्योे, राजनीतिक कमाण्ड निकै जटिल महसुस गरेकी छु’ सभामुख घर्तिले एक सञ्चारमाध्यमलाई अन्र्तवार्ता दिँदै भनिन् ‘युद्धमा मार्ने र मर्ने कुरा हुन्थ्यो तर पनि सजिलो थियो, संसदको राजनीतिक जटिलता निकै कठिन छ ।’
माओवादीको सशस्त्र युद्धमा उषा नामबाट उनले फौजी कमाण्ड समाल्ने गर्दथिन । ‘म ओनसरी भन्दा उषा धेरै शक्तिशाली भएको महसुस गर्ने गरेकी छु’ उनले भनिन् ‘युद्धमा एउटा विचार बोकेर जाने र त्यसलाई कार्यान्वयन गर्ने मात्र काम हुन्थ्यो, यहाँ त सवै विचारलाई एकै ठाउँमा ल्याएर मिलाउनु छ, यो कार्य कठिन नै हो ।’
उनले युद्धमा राखिएको उषा ओनसरी भन्दा बढि प्रिय भएको बताइन । केही समय पहिले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्नो नाम प्रचण्ड नै प्रिय भएको बताएका थिए । त्यसैगरी घर्तिले पनि उषा नाम नै प्रिय भएको बताइन । ‘ओनसरी नाम परिवारले दिएको हो, उषा नाम समुदायले, परिवारभन्दा समुदाय नै मेरा लागि महत्वपूर्ण हो’ उनले भनिन् ‘उषा नामबाट कसैले बोलाए फेरी युद्धको कमाण्ड सम्झना आउँछ ।’
उनले आफु पूर्व लडाकुको सैन्य कमाण्डर भएपनि त्यस प्रकारको कुनै कार्य संसदमा नगर्ने बताइन । ‘राजनीति र सैन्य गतिविधिको उदेश्य एउटै भएपनि बाटो फरक हो’ उनले भनिन् ‘म अहिले उषाको भूमिकामा छैन, ओनसरीको भुमिकामा छु, त्यसैले राजनीतिक चरित्र देखाउँछु ।’
घर्तिले राजनीतिक दलका जतिसुकै बिचार र अडान भएपनि राष्ट्रका लागि सवै दल एक ठाउँमा उभिनु पर्ने बताइन । ‘मैले संसद खुलाउन सवै दलसँग सम्वाद गरिरहेकी छु, निकट भविश्यमै संसद खुल्छ’ उनले भनिन् । राजनीतिक दलहरु राजनीतिक मन्थनमा भएका कारण संसदको समस्या हल हुने बताइन ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice