ठग सुधीर बस्नेत पक्राउ

 

रियल स्टेट कारोबारी सुधीर बस्नेत लाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन इकाई, काठमाडौं परिसर अपराध महाशाखाको टोलीले उनलाई मंगलबार राति ११ बजे धापासीस्थित घरबाट पक्राउ गरेको हो ।

घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट एक अर्ब ६० करोड रुपियाँ ऋण लिएका बस्नेत उक्त रकम नतिरी वर्षौदेखि फरार थिए ।

काठमाडौं जिल्ला अदालतको गरेका दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको गरेको एक फैसला कार्यन्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रधुम्न कार्कीले बताएका छन् ।

काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपिँया जरिवानाको फैसला गरेको थियो । त्यस्तै काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्धामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैँया जरिवाना तोकेको थियो ।

प्रहरीका अनुसार लामो समय देखि भारत बस्दै आएका बस्नेत घर आएर बसेको सुईको पाएपछि प्रहरीले उनलाई मंगलबार मध्यराति धापासीस्थित घरबाट पक्राउ गरेको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice