bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38918 ) ) )

देउवाको सक्रियताले प्रधानमन्त्री सशंकित, मधेसी मोर्चा रुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधन भन्दा पहिले निर्वाचनको मिति घोषणा गर्नुपर्ने पक्षमा उभिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संकटमा परेका छन् । पार्टीको पदाधिकारी बैठकले संविधान संशोधन र निर्वाचन सम्बन्धी कानुन बनाउने काम संगसँगै गर्नु पर्ने निस्कर्ष निकालेपछि देउवा निर्वाचनको मिति घोषणा गराउन सक्रिय भएका छन् ।
देउवा सक्रिय भएपछि प्रधानमन्त्री दाहाल कांग्रेस र मधेसी मोर्चाको चेपुवामा परेका छन् । प्रतिपक्ष दल एमालेसहितका ९ दलले सडकदेखि सदनसम्म आन्दोलन गरिरहेका बेला सत्तापक्षिय दलहरु विभाजनमा पुगेका छन् । मधेसी मोर्चाले संविधान संशोधन भएपछि मात्र निर्वाचनको मिति तोक्न प्रधानमन्त्री दाहाललाई निरन्तर दवाव दिइरहेको छ भने देउवाले संशोधन प्रस्ताव संसदमा पेश गर्नुअघि निर्वाचनको मिति तोक्न दवाव दिएका छन् ।
मंगलबार सत्तापक्षिय दल नेकपा माओवादी, नेपाली कांग्रेस र मधेसी मोर्चाबीच चार घण्टा बालुवाटारमा छलफल भएको थियो । छलफलमा देउवा र मधेसी मोर्चाका नेता महन्थ ठाकुरबीच भनाभन समेत भएको थियो । बैठकमा संविधान संशोधन प्रस्ताव र निर्वाचनको मिति तोक्ने र त्यसमा पनि एमाले सहमत नभए पेलेर लाने प्रस्ताव प्रधानमन्त्री दाहालले गरेका थिए । दाहालको प्रस्तावलाई देउवाले स्वीकार गरेका थिए भने मधेसी मोर्चाका नेताहरुले प्रतिवाद गरेका थिए ।
देउवाले एमाले अध्यक्ष ओलीसहित विभिन्न पार्टीका नेताहरुसँग तत्काल निर्वाचनको मिति घोषणा गर्ने बिषयमा छलफल केन्द्रीत गरेका छन् । उनको मुभ देखेर प्रधानमन्त्री दाहाल सशंकित बनेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice