• शुक्रबार ०३, कार्तिक २०७४

दीक्षा ! तपाईको घरमा काम गर्ने महिला कसरी दुई जीउकी भइन ?

पबित्रा लामा
एक्सन फर सोसल चेन्ज

‘हात्तीको जस्तो देखाउने एउटा र चपाउने दाँत अर्कै ।’ उनका पछिल्ला गतिविधी र व्यवहार हेर्दा यस्तै लाग्छ । समाजसेवाको खोल ओडेर उनले चलाइरहेको धन्दा के हो ? वीर अस्पतालको हाताभित्र रहँदा जे भोगे,जे देँखे आज लेख्दैछु समाजसेवी दीक्षा चापागाइको चरित्र ।

मेरो नाम पवित्रा लामा ,घर काभ्रे । रहरै रहरमा रेडियोमा बोल्न थालेको तीन वर्ष पूरा भइसकेछ । धुलिखेलमा रहेको ग्रेस एफएममा कार्यक्रम चलाँउथे । त्यही भेटिएका हुन आदरणीय दाजु विनयजग बस्नेत । उनी सुरुमा आफै दुव्र्यसनको शिकार भएका रहेछन । तीन महिना चोभारस्थित रिह्याव सेन्टरमा बसेर सुध्रिएका । वुवा आमा बितेको र श्रीमती र छोरीले छाडेर गए पनि उनको आत्मविश्वाश दरिलो थियो । कुलतबाट कसरी बच्न सकिन्छ भन्ने कार्यक्रम चलाँउथे उनी ग्रेस एफएममै । नाता यसरी गाढा बन्दै गयो हाम्रो नाता साथीबाट दाजु बहिनीमा परीणत भयो ।

चर महिना अगाडि उनै दाजुलाई प्रहरीको फोन आएको थियो भर्खरै जन्मिएको बच्चा सहितको वेवारिसे महिलालाई पुल्चोक प्रहरीले फेला पारेको रहेछ । उनीहरुले उपचारका लागि उक्त महिलालाई पाटन अस्पताल पुर्याएका रहेछन । पुल्चोक प्रहरीले गत अष्टमीको दिन विनयजंग बस्नेतलाई दाजुलाई खबर गर्यौं ।

सबै दशै पर्वको हर्ष र उल्लासमा रमाइरहेको समयमा प्रहरीले उक्त वेवारिसेको जिम्बेवारी लिइदिन आग्रह गरेसँगै हामीले उनको जिम्मेवारी लियौं । को थिईन उनी,कहाँ थियो तिनको घर केही थाहा थिएन । एकातिरको प्रसव पीडा र अर्काेतिर भर्खरै जन्मेको शिशु बचाउन नसक्दा विक्षिप्त थिईन । एकातिर भर्खरको सुत्केरी अर्काेतिर मानसिक रोगी र खुट्टा र कम्मरमा गहिरो घाउ जहाँ किरा परेको थियो । मानवसेवा नै सबैभन्दा ठूलो धर्म ठानियो । दशै भनिएन,तिहार मानिएन । विस्तारै दिदी वौरिदै थिईन । करिव दुई महिना अहोरात्र खटियौं दिदीको सेवामा हामी । डाक्टरको अथक मेहनत र प्रयासबाट ती दिदीले पुनः जीवन पाइन । बोल्न सक्ने सम्म भइन । नाम मीना घिमिरे,घर काभ्रे उनले आफ्नो पूराना विगत सम्झिन सकिनन बस आफ्नो नाम यही बताइन । हामी पनि उनलाई मीना दिदीको नामले बोलाउन थाल्यौ ।

त्यहाँ रहँदा उनको मानसिक अवस्था ठीक ठाँउमा फर्किइसकेको थियो । डाक्टरकै सल्लाह अनुसार मंसिर १३ गते खुट्टाको प्लास्टिक सर्जरीका लागि त्यहाँबाट रिफर गरियो वीर अस्पतालमा । त्यहाँ पुग्दा डक्टर पियुष दाहालको कुरा सुनेर हामी स्तव्ध भयौ । चार महिना अगाडि कथित समाजसेवी दीक्षा चापागाँइको पवित्र सेवा आश्रमको नामबाट एक विरामी (मीना घिमिरे)लाई बीर अस्पतालमा उपचारका लागि पुर्याएकी थिईन । उनी दुई जीउकी थिईन । र, अस्पतालमा उनको उपचार प्रक्रिया चल्दै गर्दा दीक्षा सम्र्पक बिहिन रहिन । ति वेवारिसेको जिम्मेवारी लिने कोही नभेटिएसँगै मीनालाई अस्पतालले पनि उत्तिसाह्रो वास्ता गरेन । अन्ततःकोखमा बच्चा भएकी मीना पुन वेवारिसे अबस्थामा पुगिन ।

 

तिनलाई देख्ने वित्तिकै अस्पतालका डाक्टरहरु पनि तर्सिए । उनको भर्ना लिन मानेनन । डा पियुषले नै रहस्य खोलेका हुन यस अगाडि नै दीक्षा चापागाईले यो विरामीलाई यहाँ ल्याएर उनी सम्र्पक बिहिन भएको कुरा । तपाईहरु पनि यसै गरी भर्ना गराएर सम्र्पक बिहिन हुने हो,हामी यो विरामीलाई कुनै पनि हालतमा यहाँ भर्ना लिन सक्दैनौं ।’ डक्टर पियुष लगायत त्यहाँ खटिएका अधिकाश डक्टर र नर्सहरु यसैगरी पन्छिएका थिए । केही सीप नलागे पछाडि हामीले अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतलाई गुहा¥र्यौ । उनकै निर्देशनमा मीना दिदीको उपचार थालेका थियौं । हामी ती वेवारिसेको उपचारका लागि अहोरात्र खटियौं  लालबहादुर मर्हजन लगायतका संस्थाका हामी सबै ।

त्यहाँ उनको उपचारका लागि लाग्ने खर्च जुटाउनका लागि मैले आफूले लगाइराखेको सुनको सिक्री बेचे । कुनै रहरले होइन । एउटी वेवारिसे महिलाले पुर्नजीवन पाओस भन्ने पवित्र हेतुले ।

 

झण्डै २५ दिनको अस्पालतको बसाईपश्चात उनको खुट्टाको प्लास्टिक सर्जरी सफल भयो । डाक्टर तथा नर्सहरुको सल्लाह अनुसार उनको डिस्चार्ज हुँदै थियो यही ६ गते बुधवार । गत मंगलबार अपरान्ह हामी अस्पतालको दिदीको शैयाबाट खाजा खान निस्किएका थियौं । विनय दाजु मीना दिदीका लागि आवश्यक पर्ने औषधि खरिद गर्न मेडिकल गएको मौका छोपेर दीक्षा चापागाई उनै विरामी दिदीलाई अपहरण शैलीमा अस्पलातको शैयाबाट उठाएर लगिन । अस्पतालबाट डीष्चार्ज हुनु ठीक एक दिन अगावै ।

उनका लागि आवश्यक पर्ने औषधि लिएर फर्कदै गर्दा मीना दिदीलाई समाएर दीक्षाले लैजादै थिइन । दीक्षाको व्यवहार देखेर हामी हेरेका हेर्यै भयौ । दीक्षाका अनुसार,मीना यस अगाडि उनकै घरमा चार वर्ष अगाडि देखि काम गर्न महिला थिइन । अपहरणशैलीमा उनले मीना दिदीलाईै स्कूटरमा बसालेर लगिन । मीना दिदीले खाइरहेकोे मानसिक रोगको सारा दबाई अस्पातालमै छुट्यो । प्रश्न उठाउने ठाँउ यही छ,पाँच वर्ष देखि दीक्षाको घरमा काम गरिरहेकी वेवारिसे महिला कसरी गर्भवती भइन ? यस्को पछाडिको रहस्य के छ ? दीक्षाको धन्दा के हो ? यदी उनको मन र समाजसेवा साच्चैको पवित्र हो भने आफैले अस्पतालमा भर्ना गरेको यी विरामीलाई अलपत्र पारेर किन छाडिन ? मानसिक रोगको दबाइ खान पर्न स्थितीसम्म कसरी पुर्याइन ? अस्पताल छाडेर मीना दिदी भाग्दा उनको खोजी किन गरिन दिक्षा चापागाईले ? उनको कोखबाट जन्मेको तर बचाउन नसकिएको बच्चाको शव अहिले पनि पाटन अस्पतालको शवगृहमा वेवारिसे अवस्थामा छ । करिव चार महिनासम्म दीक्षाले अपहरणशैलीमा मीनालाई भगाएसँगै दीक्षा विरुद्ध हामीले काठमाडौं जिल्ला प्रशासनमा उजुरी समेत दर्ता भइसकेको छ । दीक्षाले भने आफूलाई सोही वीर अस्प्तालका डाक्टर पियुषको निर्देशनमा मीनालाई लिएर गएको दावी गरेकी छिन । शंका गर्ने ठाँउ प्रवल छ डा पियुष र दीक्षाबीचको नाता सम्बन्ध के हो ?

यीनै वेवारिसे महिलालाई लिएर भर्ना गर्न जाँदा तिनै डक्टर पियुष हुन कुनै पनि हालतमा मीना दिदीलाई भर्ना गर्न मिल्दैन भन्ने । अनि रातारात दीक्षासँग टेलिफोन सम्र्पक गरी मीनालाई त्यहाँबाट भगाउन सहयोग गर्ने । दुःख पीडामा ति मीना दिदीलाई एक्लै छाडेर सडकमा पु¥याएकी दीक्षा चापागाई यतिका समयसम्म उनको खोजी किन गरिनन ? लानु नै थियो भने उनलाई यो अवस्थामासम्म ल्याइपु¥याउने ति पात्रहरुसँग सर सल्लाह नगरी अपहरण शैलीमा किन उठाइन ? उल्टो अस्पतालबाट विरामीलाई अपहरण शैलीमा उठाएर लैजाने दीक्षाले सामाजिक सञ्जालमा अर्काे हर्कत देखाइन । उनले यसको जस समेत आफैले लिन खोजिन । हामी सबैको संयुक्त प्रयाशबाट एक वेवारिशे, असहाय, फालिएकी , खुट्टामा स्याउ स्याउ किरा परेर मर्नु न बाँच्नुको दोधारमा परेकी यि महिलाको उद्धार गरी औषधी उपचार पछि लगभग तन्दुस्त भएको अवस्था भन्दै भ्रम छर्न काम गरिन । सबाल अरु केही होइन,मात्र समाजसेवाको आवरण भित्र अरु नै धन्दा चलाउने दीक्षाको नियतको हो । जस्को नियतमै खोट छ उस्को व्यवहार खोटी नै हुन्छ । जस्ले समाजसेवी दीलशोभाको दिल दुखाइन ।

खानेपानीका इन्जिनियर मोहन रेग्मीका पत्नी कञ्चन शर्मालाई वेवारिसे अवस्थामा फोहोरको डुगुरमा भेटेको कहानी दुनिँयालाई सुनाएर मुर्ख बनाइन । तर यीनलाई पत्रकार चन्दा थापाले नग्गाइसकेकी छिन, यस अगाडि नै । जवाफ जान्न चाहन्छ दुनिँया तपाईको घरमा काम गर्ने महिला कसरी दुई जीउकी भइन ? मानसिक रोगको औषधी खाने र आफ्नो वीगत समेत बिर्सने अवस्थामा पुगिन । सारा घटनाक्रमले हामी भन्न विवश छौ दीक्षा दिदी दालमा केही न केही कालो त अवश्य छ । एक न एक दिन तिम्रो असली नियत सारा दुनिँयाले चाल पाउनेछन ।

44 Comments
  1. समय नमिल्दाको कारण सरसर्ती मात्र पढे र चुप पनि बस्न सकिन म पनि इ आश्रयहरुको सहयोग गर्न मन लाग्थ्यो तर अहिले त इ अनेक थरिका आश्रम खोलेर व्यापार गर्न खोजे जस्तै लाग्यो जे होस लामा बैनीलाई धन्यवाद

  2. सोच सकारात्मक राखनुस कसैले राम्रो गर्नु खोज्दा खोज्दैपनी कति अवस्थाहरु येस्तो सिर्जना हुन्छ जाहा बाटो बिराउनु अथवा हराएको जस्तो हुनुपर्छ मानिस समाजलेनै गर्नु बाध्य बनाउछ यहाँ । एकचोटीको चोर सधै चोर भन्नू मिल्दैन हरेक मानिसको बिगत राम्रो हुन्छ भन्ने पनि छैन नराम्रो थियो भन्नूपनि मिल्दैन। सुधार अनि जीवनदिनु योनै तपाइको कर्ब्यहो । तपाईं समाजको असल सेवक बन्नुस तर अरुलाइ नङाएर हैन जब तपाईं अरुलाइ नांगै पार्ने चेस्टा गर्नु हुन्छ भने तपाइलाइ पनि मानिसले दाउ हेरिरहेको हुन्छ । सिसाको घरमा बसेर अरुको घरमा डुङ्गा नहान्नुस । एकचोटि बिचार गर्नुस तपाइको पनि सिसको घर छ।

  3. दीक्षा चापागाईं !
    तपाईंले ठीक काम गर्नु भएको छैन ? यदि तपाईंले गलत काम गर्नुभएको हो भने किन चुप हुनुहुन्छ ? यदि समाज सेवाको नाममाु यौन व्यबसाय चलाउनुहुन्छ भने यसको छानबिन गरेर कार्वाही गर्नुपर्यो !!

    1. मेरो बिचार मा समाज सेवा गर्ने मान्छे तपाईं हामी जस्तो अली हुँदैन कि आफुलाई लागेको आरोप को खन्दन गरिहाल्नु पर्ने, उनिहरुको भनाइ यही हुन्छ कि दोश लाउने ले नै एक्दिन फेरी निर्दोश को समाचार लेखेर आत्मा आलोचन गर्छन्।

    1. मलाई नि यही लाग्छ। सेवा गर्ने चुप लागेर बस्छ अरुलाई देखाउनलाई गरेको छ भने मैले दिएको भिख ले भिखारिले रक्सी खायो भन्छ। दान दिएपछी त्यो के भयो किन खोज्नु? त्यसो भये त bill gates ले करडौ दुरुपायोग भएको सुनेर बन्द गर्नु पर्ने? पवित्र जि ले सिक्री बेचेको कुरा लेख्नु भएछ। दिक्ष जि ले आज सम्मा गरेको सेवा को मोल ले कतिवत सिक्री आउछ होल?

    2. Baby journalist, you guys don’t know how to use your PEN. I don’t say anything about Dikchya Chapagau but i must say, the Pregnancy case is not responsible by Dikchya. If you wanna have a man or if you want to become pregnant, Do you ask this issue to your Seniors/Protectors?????????
      The same case apply here, the victim became pregnancy-specific, it could be in her wished, it could be in mutual understanding between man and woman, or may be by rape, But Dikchya is not Responsible in this regards especially for aged woman, she is not child.

  4. सामाजिक कार्य गर्नेे नाम माहिला हरु लाई गलत काम गर्न लगाई त्यसकाेे फाईदा लिनेे यस्ता अपराधि लाई कानुनि कार्वहि गर्नुु पर्दछ।।।

  5. I noticed the things when I was watching her interview in YouTube she acted like super heroine in her every interviews, a wise can know her actually who is she? Before reading those news I knew her by her interviews

  6. Patrakar mahoday uha he jaso bhaye pani sadak ma kuhiyera baseka harule basne bas ra gas dikchha kai karan payeka chhan. Dal ma kalo nabhayeko Ramro ho… tara teo kalolai uhako setole jiteko chha.

    La yo lekhnele… ek din matra sadak ma tadhai dekhi ganaune kuhiyeka lai aafno Gharr ma lagera shyahar susar garera dekhaunus ani matra kura garnu. Sadak ma testo manchhe dekhe pachhi rumal le naak chhopera hidne hola…

    Netale janata marera raaj garne deshma ghar bihin dukhi ko khutta dhune, uni harulai gas bas kapaas pradan garne lai ultai discourage garna khojne?

    Teo dr piyush dahal ra usko nurses le ta birami linai maneko thiyena re…

    Yeuta dr bhayera birami lina namanne agyani haruko kura ma biswas garera garib besahara lai gas bas kapas pradan garne lai discourage garna khojne?

    Samaj sebi garib dukhi ko sewa garne le ali ali kehi matrama aafno faidai hereko bhaye pani teo suhauchha.

    La yo talako video ma discuss gareko neta haru jasle kehi desh ra janata ko bhalo nai nagari desh luteko chha…

    Khoi kohi kehi boleko chha? Ultai uniharuko pachhi lagera hidne tapai garu nai ho.

    These leaders have pushed the country and people’s future 50 years back.

    They spent 1 Kharab RS to make the useless constitution.

    Watch these for more info:

    https://m.youtube.com/watch?v=osgQ1kcVWr4

    http://www.nepalihotmodel.com/cha-prasna-with-prasana_bishokanta-mainali/

    https://www.youtube.com/watch?v=qBVeIqj7KMU

    1. yes absolutely kinaki dikchhya ji khana launa dinuhunchha tara sabai. svye, manish kam garera khanchha naki rodma magera khanchha. jo pattit hunchhan , manpari garchha ani behal vayera rod ma ladchha . ani kehi nasodhi dikchhya aayera uthayera laijanchhin, khana launa dabai sar safai garchhi, ani baliyo vayepachhi aadatle majbur tyo byakti aafno niji jiban nai apnauchha unko aankha chhalera? ya tiha bata vagera. tyo pani jimma dikchhyale line ? kina? kasari saddhye hunchha? ak dikchhya ani katichhan tiha bigrera baseka haru jaslai palchhin dikchhya? hola sarkar bata paune rakam. naaune bho ra risaunu bho hola . pabitra lama bainee i agree teso hobhane , baru tara ti keti ko hun kina tiha aaipugin khasaiko gharmata kam dine bhanera jhukyara lyaiyeki thin ? ya feri uni pani batamai vetiyeki thin . batoma thin bhane pregnent huna sakne manchhe kam garera khana sakdina thin. kina palna paro hola dikchhyale? tapai harule gareko upachar kharchha paunu parchha vannush sabai shamat hunchhou, tara dikchhya dhanda chalauchhin ? no chhi,,,,,, yesto huna sakdaina kinaki tiha maiti nepal ma jasto aaimai matra chhainan. logne manchhepani chhan jo sabai rod bata uthaiyeka hun hoinara? khabardari garnu ramro ho tara sabai kurako praman jutayera garum khabardari. hudai hudaina vanna pani sakinna tara pabittra ta ma dag pani launa hunna. dhanyebat.

  7. पवित्रा लामा जी तपाइको बोल्ने सैली मन परो रेडियो मा नि येस्तै गरि झुटलाई सच् सचलाई झुट बनाएर बोल्नु हुञ्छ कि कसो ??? कुनै पनि कुरा बिना प्रमाण बोल्दा अलि होस् पुर्याउनु होला है कुनै पनि office वा संस्थान मा काम गर्ने मान्छे ले बाहिर दुनुया दिबना काम गर्छ त हाकिमले कसरि जिम्मा लिने उसले आफ्नो मनोमानी गरेको काम को जिम्मेबारी उ स्वोयम हो

  8. Pabitra lama jee,

    Why are you asking this question to Dikchhya? You better ask this question to the woman who is pregnant. She will answer about how she pregnant. She is an adult women and she has the rights to be pregnant. Do you think only you can become pregnant not the other woman? No matter where they live, if they are adults, they can have a boy friend and become pregnant. Very simple right??

  9. Samajhsewa garne ko parda odera duniyako samu vram failayera vitri rup ma anawasyak kaam garaune chai rahexa esto nari lai chado vanda chado sarkar le xan bin gari sajayako vagidari banaunu parxa nari vayera nari kai sadupayog gari faida lutne thekedar rahexa yo kurup byawahar vanda kurup manxe sahi hnxa vanthe nata esko rup nai xa nata byawahar nai jsto rup testai byawahar bokera vram kaile samma xarera manxe ko najar ma ramro banda raixa kali yug ho esle gareko karma ko fal chadai pauxa yo dikxya le ra hami pani sakdo pahal garnu parxa

  10. दीक्षा चापागाईंले सामाजिक सस्थाको नाममा अबैधघन्दा यानी यौन कारोवार गर्ने गरेकी हुनसक्छिन डा. पीयूष भन्ने ग्राहक वा लगानीकर्ता हुन सक्छ कानुन बमोजिम छानबिन गरि कार्वाही होस ।

  11. युएसएड नामक आइएनजिओमा काम गर्ने एक पोखरेल थरकी महिला छन् जो आफ्नै आमाको विरुद्धमा लागिपरेकी छन् । आमालाई घरबाट निकाल्न र बहिनीलाई पागलपनको आरोप लगाएर आश्रममा पठाउनकालागि आफ्ना भाइहरुसँग मिलेर षडयन्त्र गरेकीथिइन् ताकि आमा र बहिनीको संपतिको हिस्सा आफुले खान पाइयोस् । यिनै महिलाले सेभ द चिल्ड्रेनमा काम गर्दा आफ्नो घरमा सिाहाबाट घरमा काम गर्न ल्याएकी सरीता दहाल नामकी एक किशोरीलाई निर्घात कुटपिट गरेकि थिइन् भने यिनका श्रीमान खगेन्द्रमणि पोखरेल जो यातायात व्यवस्था विभागका महानिर्देक भएर घुष लिदांलिदैं पक्राउ परेर निलम्बित भएका थिए । यिनैका श्रीमानले आफ्नै घरमा काम गर्न राखिएकी घिमिरे थरकी एक विधवा महिलालाई बलात्कारको कोशिश पनि गरेकाथिए । दीक्षा चापागाँई भन्दा धेरै पतित भ्रष्ट छिन् यी पोखरेल थरकी महिला । बरु यिनको खोजविन गर्नुस् न ?

  12. मलाई पनि कता कता मन मा लागेको थियो । दिल सोभा पछि एका एक दिक्षा चापागाई कसरि अघाडी आयो भनेर ।के दिक्षाले आफै आफ्नो तरिका ले गरे भै हाल्थ्यो नि किन दिल सोभा लाई हटाउनै पर्थ्यो त ?

  13. यो कुराको सहि टुंगो लगाउनु है नत्र भित्र भित्र मौलायेको रहस्यमय कुरा गुम्राहम जाला….

  14. केही न केही त यो दिक्षा चापागाईले पनि गर्न खोजेकै हुनुपर्छ तर भाग्य वा कर्मको खेल होला अलि बढी छिटो समाज सेवी कहलिने प्रचारको बाँजी मार्दा झन् झन् बिग्रदै गईरहेको जस्तो देखिन्छ ।

    हाम्रो समाजमा अरुले गरेको कामको तारिफ गर्न धेरै गाह्रो मानिएको कारण आफ्नो कामको प्रचार सामाजिक सञ्जालबाट आफैले गर्नेहरु बढ्दैछन् परन्तु त्यसो गर्दा झन् साह्रो बोक्सी लागेर त्यो काम नै तुहिने दर हुन्छ । त्यसैले काम आफुले गर्दै जाने र जस अरुलाई दिदै जाने हो भने एक दिन बिनाकाम जस लिला लिदाँ हैरान भएकाहरुले उक्त जस फिर्ता गरिदिन्छन् र सबै जस आफैलाई हुन्छ । यथार्थमा चापागाई दिदी कता कता यस्तै कुरामा चुक्नु भयो ।

  15. Kalank lai metai halnu jaruri huncha,, natra yesle Thulo Samashyaa liyera aaunecha.. Chito clarify garnu ramro ho.. Mina Ghimire jiu le Nyaaya paunu parcha turunta..
    Weldon Pabitra Lama and brother.

  16. समाजसेवा को नाउँमा कालो धन्दा हो । dikshya chapagai प्रेसमा आउन जे पनि गर्ने तयार हुन्छिन । kanchhan दिदि लाई पनि त्यस्तो हावा दारी बोल्न सिकाएको भन्ने कुरा बजारमा हल्ला छ ।

  17. बिना परमान अरु लाइ नंगाउनु चाइ तपाई कुन नियत को ???मैले भन्न खोजेको कुरा दीक्षा लाइ राम्रो भन्न खोजेको होइन ।तर उ माँ येस्तो कालो सत्य छ भने अरु मिडिया माँ किन भन्नु भएन ??मात्र हाईड मिडिया माँ फुक्नु तपाई को के नियत हो ??सचाई हो भने खुलेर मिडिया माँ लाउनु न !

  18. maanab sewaakaa naam ma manab bechbekhan ko kaam garne jo kasailaai haamile aafno aafno thaubata nangyera des nikaala garau mero full support cha chaye meri aama nai kina na hun asta kaam ko antim borodh garau

  19. यी यस्ता नरपिसाच् हरू छन गधाहरू भएर बाघकाे छाला अाेढ्नेहरू चित्तवनकि मिना खरेल र यिनी एउटै ड्याङका मुला हुन ।

  20. ए त्यसो पो । देखिएको सबै सत्य हुदैन , सबै सत्य देखिदैन ।।

  21. Khai yo samachar ko bhar ma chai kehi Bhanna sakina k sahi ho k jhut tyotaw dubae pauxa ko kura sunna ra bujna jarurta hunxa patra kaelye lekhekai bhar ma biswas garna panii garaee hunxa kinaki patrakar haru pani popular huna ko lagee ni je payo tyoi news banai rahe ko panii dekhi rahe xau ferry mailye patra kar jhut hunxa bhanu khoje ko chai kadapi haina sahiraw sacho kura k ho dubaei paxya ko Kura buzna paye espata hunye thiyo Asha garxu partaxya raw sacho kura k ho bhani sunna raw herna paeyoss

  22. Malye kasai ko paxya liyeraw bolye ko haina Moro monma lagye ko kura post garye matra ho mo dixya chapagai ko paxya ma pani haina ko shi ko jhut mideya ma partaxya herna dekhena pau

  23. पत्रकार र रेडियोको काम साचो र भ्रमलाई छर्लङ्ग पार्नु हो। कोशिश गर्नुस यदि समाज सेवाको नाममा तेस्तो केही भए कारबाही गर्नु प्रसासनलाई दबाब दिन जरुरी छ।

  24. पक्कै पनि दीक्षा बैनीमा केहि न केहि खोट रहेछ भन्ने कुरा कन्चन रेघ्मीको प्रकरण बाट थाहा पाई सकेका छौ हामीले ! मिडियाको काम सत्य तथ्य जानकारी दिनु हो जनतालाई सत्यता बुझ्ने अधिकार जनताको हो आफ्ना कुरा राखीदिनु भएकोमा धन्यवाद पवित्रा जी

  25. के यो समाचार जस्ताको तस्तै प्रतिष्ठित समाचार पत्रीकामा छप्ने हिम्मत छ?अब त online पढ्न पनि बोर लाग्न थालयो। जुन कुरा पत्रीकाले छाप्न मान्दैन त्यो सबै इन्ले छप्छन। पवित्र जि ले रेडियो मा बोल्नु हुन्छ भन्दा अचम्म लाग्यो। केवल एक ब्याक्तिप्रती यती खनिने मान्छे ले कस्तो कार्यक्रम चलाऊने रहिछिन मलाई सुन्न मन छ।पक्कै पनि तपाईंको दिक्षा को काम प्रती आरिस वा तपाईंले भनेको मान्छे लाई दिक्षा ले शायद लीन अस्विकार गरेको हुनु पर्छ।तपाईंले सिक्री बेचेको कुरा गर्नु भो, ल दिक्षा नाम कि महिला यस्तै रहिछन रे, तर दिक्षा ले आज सम्म घर त्यागेर बुढा बुढी लाटा र बेबारिसे को सेवा गर्दा जती दिन बिताइन त्यो समयमा कतिवात सिक्री किन्ने पैसा आउथ्यो होला?
    गल्ली भित्र सिकेको पत्रकारिता यस्तै हुन्छ।

  26. मान्छेको मन बिग्रेपछि नेगेटिभ टिप्पणी मात्र गर्छन् l लेखिका को शैली राजनीतिक खेलमा कलम चलाउदा झुटो बिचार पस्केको भन्दा कम लागेन l

  27. Ramro kam garne manxe lai kasai la pani ramro gares vandainan matre uni haruko man ma usle paise khay vanxa come on go ahead dichha didi don’t listen to anybody just do good all will help you

  28. पवित्रा जी को भोगाई मा दम छ । हस्पिटलको चलन अनुसार पनी बिरामी डिस्चार्ज गर्दा सुरुमा जस्ले भर्नागर्दा सही गरेको हो सो ब्यक्ति वा नजिक का आफन्त भन्ने यकिन हुदैन तब तक हस्पिटल बाट बिरामी निकाल्न मिल्दैन । दीक्षा भन्ने औरत ले कसरी लावारिस हालतमा मनकारी सहयोगीहरु ले हस्पिटलमा भर्ना गरेर सेवा गरिरहेका पवित्र मन हरुलाई थाहै न दिई किन लोगिन ! के दीक्षा भन्ने औरत लाई गर्भ कसरी रह्यो भन्ने पोलखुल्छ भन्ने डर थियो ! बिषय खोजमुलक छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice