सरकार ढाल्न देउवा र ओलीबीच बालकोटमा गोप्य छलफल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्ने गोप्य छलफल भएको छ । सोमवार साँझ ओली निवास बालकोटमा डिनर सहित बसेका ओली र देउवाले प्रचण्ड सरकार ढाल्ने बिषयमा छलफल गरेको स्रोतले बताएको छ ।

‘दुई नेताबीच दुई घण्टा वान टु वान छलफल भयो’ ओली निकट स्रोतले भन्यो ‘छलफल सरकार परिवर्तन र निर्वाचनमा केन्द्रीत थियो ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको चार महिनामै प्रमुख दुई दलले सरकार परिवर्तनको छलफल चलाएका छन् ।

ओली नेतृत्वको सरकार ढाल्न देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेका थिए । आफैले बनाएका प्रधानमन्त्रीलाई हटाउन देउवाले चार महिनापछि फेरी छलफल थालेका छन् । देउवाको प्रस्तावमा ओली सकारात्मक भएको स्रोतले बताएको छ । ओलीले देउवा नेतृत्वको सरकारमा एमाले सहभागि हुने आश्वासन पनि दिइसकेका छन् ।

देउवासँग सोमवार साँझ डिनर मिटिङ गरेका ओलीले मंगलवार दिउँसो प्रचण्ड सरकारको आयु चार महिना मात्र भएको टिप्पनी गरेका छन् । रिपोटर्स क्लवले आयोजना गरेको कार्यक्रममा ओलीले सरकारको आयु चार महिना मात्र भएको बताए । ओलीको यो भनाईलाई राजनीतिक बृत्तमा अर्थपूर्णरुपमा लिइएको छ ।

कांग्रेस पदाधिकारी बैठकमा पनि सरकार परिवर्तनको कुरा उठेको थियो । तर त्यहाँ तत्काल सरकार परिवर्तनका बिषयमा देउवाले धेरै चासो देखाएका थिएनन् । पार्टी पदाधिकारी बैठक लगतै देउवा ओली निवास बालकोट पुगेका थिए । निर्वाचन घोषणा नगरेरै सरकार परिवर्तनमा कांग्रेस जुटेको छ ।

One thought on “सरकार ढाल्न देउवा र ओलीबीच बालकोटमा गोप्य छलफल

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice