प्रचण्डजी ‘गुरिल्ला ट्रेल’मा रिवन काट्न किन लाखौ सरकारी खर्च ?

काठमाडौं । प्रधानमन्त्री भएपछि कुनै पनि रिवन काट्दिन भन्ने पुष्पकमल दाहाल प्रचण्डले गुरिल्ला ट्रेलका नाममा रिवन काटेर जगत हसाएको टिप्पणी एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । विपक्षी दलहरुले एमाले संसदीय दलको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा ओलीले भूकम्प पीडितका घर नबनेको तर प्रधानमन्त्री भने आफू बसेको ठाउँलाई ‘गुरिल्ला ट्रेल’ बनाएर जगत हँसाएको बताए ।
‘सरकारी खर्चमा लावालस्करसहित कैची र रिवन गोजी्मा राखेर रोल्पा पुगेका प्रधानमन्त्रीले जगत हँसाए’ ओलीले भने ‘गुरिल्ला ट्रेल बनाएर देश विकास हुँदैन’ ओलीले पत्रकार सम्मेलनमा भने ‘यो सरकारी रकमको चरम दुरुपयोग हो ।’
उनले एमालेलाई तराई मधेसमा छिर्न पनि दिँदैनौ भन्ने सत्ता पक्षिय दलको भनाईप्रति तानाशाहको संज्ञा दिए । ‘प्रतिपक्ष दललाई कार्यक्रम नै गर्न दिदैनौ भन्ने तानाशाह शैली हो’ उनले भने ‘राणा र पन्चहरुले हामीलाई जनतामाझ जान रोक्न सकेनन भने नयाँ तानाशाहले के रोक्न सक्छन् ।’
ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसदभित्र छलफल नहुँने बताएका छन् । ‘असंबैधानिक तरिकाबाट ल्याइएको विद्ययेक र देश विखण्डन गर्ने जस्ता कार्य ब्यवस्थापिका संसदमा छलफल गर्न सकिँदैन’ उनले भने ‘ खराव नियतले हतार हतारमा राति १० बजे संशोधन प्रस्तताव पेश गरियो, अध्याँरोमा दर्ता गरिएको संशोधन प्रस्तावको नियत पनि अध्यारो नै छ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice