९२ जना सवारी रुसी सैन्य विमान दुर्घटना

रुसको सोचीबाट सिरियाको लातकियन प्रान्ततर्फ उडेर सम्र्पकविहिन भएको रुसी सैन्य विमान दुर्घना भएको छ ।
टु १५४ नामक  विमान उडेको केही मिनेटमै सम्पर्क विहीन भएको उक्त विमानमा १० जना चालक दलमा सदस्य सहित कुल ९२ जना सवार थिए । जसमध्ये नौ जना पत्रकार पनि रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार बिहान स्थनीय समय अनुसार ५ बजेर २० मिनेटमा सोचीबाट विमान उडेको थियो ।

विमानमा चर्चित रुसी सैन्य अधिकारिका बैण्ड एलेक्सैड्रोफ एनसेबलका सस्य पनि रहेको अन्तरष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । विमान राजधानी मास्कोबाट उडेको थियो । तर इन्धन भर्न सोचीमा अवतरण गरेको थियो । इन्धनभरेर उडेको २० मिनेटमै विमान सम्र्पकविहिन भएको थियो ।

विमानका टुक्राहरु सोची देखि डेढ किलोमिटर टाढा सुमुद्रमा भेटिएका अन्तराष्ट्रिय सञ्चारमाध्याले बताएका छन् । विमान सिरियामा रहेका रुसी सेनाको नायाँ वर्षको कार्यक्रममा लागि सैन्य अधिकारी र पत्रकार लिएर उडेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice