पुरानो पार्टीले पूरानै नियम लागू गर्ने

काठमाडौं । सत्तारुढ दल तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संशोधन विधेयकलाई थाती राखेर तत्काल चुनावको घोषणा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

आइतबार विहान बसेको पदाधिकारी बैंठकमा बोल्दै सभापति देउवाले संविधान संशोधन बिधेयक थाती राखेर तत्काल स्थानीय तहको निर्वाचन गर्र्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले स्थानीय तहको चैंतमै चुनाव गरिसक्नुपर्ने बताएका छन् । बैंठकमा उपस्थित  पदाधिकारीहरुले संशोधन विधेयक थाती राखेर जसरीभएपनि चुनावको मिति तोक्नुपर्ने सल्लाह दिएका थिए । त्यस्तै, बैंठकमा अहिलेको प्रक्रियाअनुसार स्थानीय तहको चुनाव नभए पुरानै संरचना अनुसार नै चुनाव गरिने पदाधिकारीहरुले धारणा समेत राखेका थिए ।

तर, प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई संविधान विधेयक प्रस्ताव फिर्ता लिएर निर्वाचनमा होमिन चुनौति दिँदै आएको छ । भने मधेसी मोर्चाहरुले संविधान संशोधन जहिले हुन्छ त्यसपछि मात्रै चुनावमा होमिने अडान राख्दै आएका् छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice