पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक विज्ञप्ती निकालेर पूर्वराजा ज्ञानेन्द्र शाहले निहु खोजेको आरोप लगाएका छन् । पार्टी प्रशिक्षण कार्यक्रममा दाड पुगेका प्रधानमन्त्री प्रचण्डले हैसियत विना बिज्ञप्ती निकालेर पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत जाँचेको बताए । उनी अहिले छटपटाई रहेका छन्, त्यही भडास बिज्ञप्तीबाट निकाले, प्रधानमन्त्री दाहालले भने म उनका बिषयमा धेरै कुरा गर्दिन, पूर्वराजा बलिया भएको भ्रम परेको छ त्यो सत्य होइन ।
पार्टी पोलिटब्यूरो बैठकदेखि मन्त्रीपरिषद बैठकसम्म पूर्वराजाको चर्चा गर्ने प्रचण्डले उनी बलिया नभएको बताए । केही राजाबादीहरुले केही हल्ला गरेपनि उनी पहिलेकै अवस्थामा रहेको र धेरै निहुँ नखोज्न पनि आग्रह गरे । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रले देशप्रति चिन्ता जाहेर गर्दै विज्ञप्ती निकालेका थिए ।
प्रधानमन्त्रीले पूर्वराजाका बिषयमा मन्त्रीपरिषदभित्र कुनै छलफल नभएको पनि बताए । मन्त्रीपरिषदमा उनका बारेमा कुनै चर्चा भएको छैन, तर दरवार हत्याकाण्डको छानविन गर्नु पर्ने कुरा आफुले पहिलो पटक प्रधानमन्त्री हुँदा नै उठाएको बताए ।

One thought on “पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे : प्रधानमन्त्री प्रचण्ड
  1. prachhanda Jiu ke garne bichhar chha? Tapaile Kehi garna saknuhunna. Tapaile Gynendra lai kamjor bhabnthaannu bhachha ? U birashat bokera aako maanchhe. usko bhanda naramra kaam haru prachhanda jiu harule dherai garisaknu bhayo.tapaiharu sudhrinewala hunuhunna. tapaiharukle desh lai rajai raja maye banaisaknu bhayo. desh ma euta matra raja chhahiyeko chha. dherai aabasek chhaina. tapai rekha thapa sanga jhaure naachhi rahanus. tapaiko tehi ho aukaat.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice