समय अभाव भएपछि लोकमनको मुद्दा फैसला एक साता लम्बिने

सर्वोच्च अदालतमा निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दा हेर्दाहेर्दै समय नपुगे पछि एक साता लम्बिने भएको छ ।

शुक्रबार कार्की कार्कीको तर्फबाट अधिवक्ताद्वय माधव बस्नेत र बालकृष्ण न्यौपानेले बहस गरेपछि शुक्रबारको बहस समाप्त भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा बिहीबार देखि सर्वोच्च अदालतकामा बहस सुरु भएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहको पूर्ण इजलासमा बहस चलिरहेका छ  । मुद्दालाई ‘हेर्दाहेर्दै’को सूचीमा राखिएको छ  ।

कार्की शुक्रबार तारेख बुझ्न अदालत पुगेपछि अब भने उनलाई वारेस राख्न दिइने भएको छ । अब उनको बारेस नामा लिएर अरुले नै तारेख बुझ्न सक्नेछन् । यसअघि अदालतले लोकमानलाई आफैं उपस्थित हुन आदेश दिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice