पूर्वराजाप्रति प्रतिसोध साँधे हतियार लिएर निस्किन्छौ

काठमाडौं । दरवार हत्याकाण्डको छानविन गरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गर्ने गरी गृहमन्त्री विमलेन्द्र निधिले विहीवार मन्त्रीपरिषदमा गरेको प्रस्तावप्रति शिवसेना नेपालले आपत्ति जनाएको छ । ‘फास्ट ट्रयाक विदेशीलाई दिने, हिन्दी भाषालाई राष्ट्र भाषाका प्रस्ताव गर्ने निधि नेपाली जनताका नेता होइनन्’ शिवसेनाका अध्यक्ष अनिल बस्नेतले एक बिज्ञप्ती जारि गरी भनेका छन् ‘पूर्वराजाप्रति प्रतिसोध साँधे हामी चुप लागेर बस्न सक्दैनौ, हतियार लिएर निस्किन्छौ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले बिज्ञप्ती प्रकासित गरेको दोस्रो दिन विहीबार बसेको मन्त्रीपरिषदको बैठकमा गृहमन्त्री निधिले दरवार हत्याकाण्डको छानविन गर्नु पर्ने प्रस्ताव गरेका थिए । मन्त्रीपरिषद बैठकभित्र पूर्वराजाको बिज्ञप्तीमा छलफल भइरहेका बेला निधिले दरवार हत्याकाण्डको छानविन गरी पूर्वराजालाई जेल हाल्नु पर्ने तर्क गरेका थिए ।

निधिको प्रस्तावप्रति असन्तुष्टी जनाउँदै शिवसेना नेपालका अध्यक्ष बस्नेतले कडा बिज्ञप्ती प्रकासित गरेका छन् । ‘भ्रमको खेति गर्ने र क्रान्तिका नाममा नागरिक मार्नेहरुको सरकार न राष्ट्रवादी हुनसक्छ नत नागरिकप्रति जवाफदेही’ बस्नेतद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘पूर्वराजाबाट देश भक्तिको आह्वान भएको हो, देशद्रोहीहरु बिज्ञप्तीले तर्साएको छ, निधि पात्र त्यसकै उपज हुन् ।’

बस्नेतले देशद्रोही र राष्ट्रभक्तबीच लडाई सुरु भएको टिप्पनी गरेका छन् । पूर्वराजा देशभक्त भएकोले उनीमाथी प्रतिसोध साँधे हतियार लिएर निस्किने चेतावनी दिएका छन् । ‘पहिले प्रचण्ड नै राजा ज्ञानेन्द्र हुन् भनेर हल्ला फैलाइयो, त्यो सत्य सावित भएन, अब दरवार हत्याकाण्डको कुरा उठाइदैछ’ बिज्ञप्तीमा बस्नेतले भनेका छन् ‘अतिरञ्जना फैलाएर शासन चलाउने दिन अब सकिए ।’

10 Comments
  1. विमलेन्द्र नीधि लाई वर्तमान कुहिएको गिदिको संज्ञा दिन थालिएको छ । विधिको शाषन ३ खम्वेनीति र प्रजातन्त्र समाजवादको व्याख्यावाट सोनीया गान्धिको १२ वुंदेमा हिड्न आतुर कुहिएको गिदिवाट मुलुक चल्नेवाला छैन ! वीर गोर्खालीका सपुतहरू मार्न र मर्न डराऊदैनन् ! यो लिदीले हेक्का राखेहुन्छ । ईन्दिरा गान्धीको डिजाईनमा फिरोजखॉकि वुहारी ईटालियन सोनीया खांले लखनऊलुटको वदला र पशुपति प्रवेशको वदला लिने डिजायनमा दिल्लीका ५ नं विल्ली विमलेन्द्र लिदि अरथात कुहिएको गिदीहुन् ?

  2. हामी नेपाली जन्ता जसरी हिजो अबुज थियौ र अाज पनि अबुझ जस्तै छौ।
    देश द्रोहि हरुले नेपाल लाई खाइ सकेका छन अझै पनि हामी हरुमा जागरुपता जागेको छैन,
    पुर्वराजा ज्ञानेन्द्र शाहा लाई नेपाल अामाको नाम बचाउन का निमित्त।चेतना भएका जन्ता हरुले
    साँथ दिनु जरुरि छ ,
    यदि हामी लाई देश र धर्म संस्कार चाहिन्छ भने।
    देश लाई तरुल जस्तै कोरि कोरि बिदेशि धर्म संस्कृति मा बिलयन गर्ने हो भने प्रचण्डलाई
    दिनु पर्छ। बिदेशि धर्मको मेन एजेन्ट प्रचण्ड हो।
    जो अाज देश लाई जातिय र संगीयतामा बिभाजन गरि देश लाई खण्डन गरि रहेको छ,

    1. Hami sabai nepali raja ko sathxau raja yau desh bachau nepal ko janta raja sath x neta le khaye desh lai rnlai jel halau raja au desh bachau hami yek xau hajur sath xau jsira

  3. Ek Bigeepti Le Nai Cattu Ma Mutn Yesta Dalaal Putra Haru Bholi Ko Din Ma K Garlaan Tyo Herna Bhane Baaki Xa sabai Laai Chetana Bhayaaaa

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice