प्रहरीलाई लोकमानको पत्र : बास्तविक अपराधी पर्दा पछाडी छन्, कालोमोसो दल्ने कारिन्दालाई छोडिदिनु

काठमाडौं । सर्वाेच्च अदालतको प्राङगनमै कालोमोसो दल्ने विप्लव माओवादीका दुई कार्यकर्तालाई रिहा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले सुरक्षा निकायसँग आग्रह गरेका छन् । ‘मलाई कालोमोसो दल्ली कारिन्दा हुन्, ति अवोध कारिन्दालाई छोडिदिनु’ सुरक्षा निकायलाई पत्राचार गर्दै निलम्वित अख्तियार प्रमुख कार्कीले भनेका छन् ‘उनीहरु कसैको गोटी मात्र भएको हुन् र मलाई तोजोबध गराउने योजना कार्यान्वयनको कारिन्दा मात्र बनेका हुन् ।’
विहीबार आफुविरुद्ध परेको मुद्दाको सुनवाईमा पुगेका निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथी विप्लव माओवादीका दुई युवाले कालोमोसो दलेका थिए । कालोमासो दले लगतै पक्राउ परेका दुई युवालाई कारिन्दाको संज्ञा दिँदै उनले छोडि दिन नेपाल प्रहरीलाई पत्राचार गरेका छन् ।
उनले बास्तिविक अपराधी पर्दा पछाडी भएको र उनीहरु आफुबिरुद्ध केही महिनायता निरन्तर लागेको समेत उनले बताएका छन् । ‘विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल देखिदैन, त्यसकारण ‘ती अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्छु’ कार्कीले भनेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice