स्वदेशि लगानिमै बन्ने भयो फास्ट ट्रयाक

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–निजगढ फास्ट ट्रयाक निमार्णाका लागि भारतीय कम्पनी आइएल एण्ड एफसीलाई दिने प्रस्ताव औपचारिक रुपमा खारेज गरेर आफै बनाउने भएको छ ।

नेपाल सरकार आफैँले निर्माण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय समितिसमेत गठन गरेको छ । समितिले एक महिना भित्र आर्थिक स्रोत तथा निर्माणसम्बन्धी प्रतिवेदन  सरकारलाई बुझउनु पर्ने रहेको छ ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले ग्लोबल प्रतिस्पर्धा गरेर भारतीय कम्पनी छनौट गरी उक्त कम्पनीलाई बुट प्रणालीमा फास्ट ट्र्याक निर्माणको जिम्मा दिने निर्णय गरेको थियो ।

तर केपी ओली नेतृत्वको सरकारले आफैले बनाउने निर्णय गरे पनि भारतीय कम्पनी सँग को भएको प्रस्ताव भने खारेज गर्न सकेको थिएन  ।

One thought on “स्वदेशि लगानिमै बन्ने भयो फास्ट ट्रयाक

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice