कसरी उठ्यो १५ वर्ष पछि दरबार हत्याकाण्डको पुनः छानबिन गर्नु पर्ने प्रस्ताव मन्त्रिपरिषदमा ?

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र जनआन्दोलनको उपलब्धी माथि प्रश्न उठाएपछि बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले दरबार हत्याकाण्डको पुनः छानबिन गर्नु पर्ने भनि प्रस्ताव अघिसारेका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्रालयगत एजेण्डाहरुमाथिको छलफल सकिए पछि समसामयिक राजनीतिक विषयमा छलफल भएको बेला उपप्रधान तथा गृहमन्त्रीले यस्तो प्रस्ताव अघिसारेका थिए ।  उनले पूर्वराजा ज्ञानेन्द्रबाट जारी गरिएको विज्ञप्तिको प्रसंग कोट्याउदै अब दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने बताएका थिए ।

बैठकमा  मन्त्री निधीले दरबार हत्याकाण्डको छानविन प्रतिवेदन त्यत्तिकै थन्किएको भन्दै अब त्यसलाई खोतल्नुपर्ने बताएका थिए ।  तर कांग्रेसकै मन्त्रीहरु रमेश लेखक र नविन्द्रराज जोशीले मन्त्री निधीको कुरा जायज भए पनि अहिले दरबार हत्याकाण्ड भन्दापनि संविधान कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

२०५८ जेठ १९ गते राति नारायणहिटी दरबारभित्र गोलीकाण्ड हुँदा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । सो घटना छानबिन गर्न भन्दै तत्कालीन सरकारले पूर्वसभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले दरबार हत्याकाण्डमा पूर्वयुवराज दीपेन्द्रको हात रहेको निष्कर्ष निकालेको थियो, जुन आम जनताले पत्याएका छैनन् ।

2 Comments
  1. पूर्व राजाले दुइ शव्द के बोल्छन, र का एजेंटहरूमा हाहाकार मच्चिन्छ l यिनीहरु कट्टु मुत्ने र बरबराउदै हिड्ने गर्दै छन l निधि भन्ने एजेण्टले चाहीं आफु गृहमंत्री भएको बेला परेकोले जेल हाल्नु पर्ने देखेछ l ‘चोरको खुट्टा काट’ भन्दा चोरले आफ्नो खुट्टा फुत्त उचालेको भनेको यही हैन र?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice