विहान रेडियो नेपालबाट घर फर्केका वरिष्ठ गायक मधुबाबुको लडेर मृत्यु

काठमाडौं । विहान रेडियो नेपालको जागिर सकेर घर फर्केका वरिष्ठ गायक मधुबाबु थापाको निधन भएको छ । रेडियो नेपालको विहानी सिफ्टको काम सकेर घर फर्केका गायक बाधुबाबु थापा बाथरुपमा लडेर निधन भएको पारिवारजनले बताएका छन् ।
नुहाउन बाथरुपमा गएका बेला उनी लडेर घाइते भएका थिए । उपचारका लागि उनलाई काठमाडौंका मोडेल अस्पतालमा लगिएको गायक कृष्ण रेउलेले बताए ।
उपचारकै क्रममा गायक थापाको निधन भएको छ । दाङ देउखु्री निवासी मधुबाबु थापाले दर्जनौ लोकप्रिय लोकगित गाएका छन् । ए साइली हो वरको छायाले, हाई मायाले जस्ता लोकप्रिय गित गाएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice