• शुक्रबार ०३, कार्तिक २०७४

एक बिहानै १० जना कलाकारले आफ्नो परिचय बदले, कलाकार बाट कांग्रेस सदस्य

एक पछि अर्काे गर्दै कलाकारहरुको पार्टी प्रबेशको कार्य धमाधम भईरहेको छ । त्यस्तै बुधबार बिहानै कांग्रेस सभापति देउवा निवास पुगेकी नाईका रिस्ता बस्नेतले पनि नायिका बाट आफ्नो परिचय बदलेकि छन ।

उनी अब नायिका मात्र होइन कांग्रेस सदस्य पनि भएकी छन् । होस्टेल अर्धकट्टी, आधापेज लगनयतका चलचित्रमा अभिनय गरेको नायिका बस्नेत चलचित्र होस्टेल बाट चर्चामा आएकी थिईन ।

निर्देशक रमेश बुढाथोकी सहित १० कलाकार एकाविहानै काग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे र कांग्रेस प्रवेश गरेका छन् । नक्कली हिसिला बनेर चर्चामा आएकी विपना बस्नेत पनि कांग्रेस प्रवेश गरिन् ।

नायीका बस्नेत, बुढाथोकी, सहित कलाकार संघका अध्यक्ष रामकेसर बोगटी, प्राविधिक पुस्कर लामा, युवराज चौलागाई, पुर्णम राई, प्रतिक्षा खड्का, नम्रता योगी, र रञ्जु सुनामलाई सभापति देउवाले खादा माला र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

निर्माता राजकुमार राई, अभिनेता निर शाह,नायीका मेलिना मानन्धनर यस अघिनै कांगेंसमा प्रवेश गरीसकेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice