केपी ओलीबाट धोका पाएकी अभिनेत्री सरिता शेरबहादुरको साथमा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अभिनेत्री सरिता लामिछाने दैनिक प्रधानमन्त्री कार्यालय सिंहदरवार धाउँथिन् । चलचित्र विकास बोर्डको सदस्य बन्न निकै ठुलो दौडधुप पनि गरेकी सरिता खाटी एमाले पनि कहलिएकी थिइन ।
तर वोर्डको सदस्य बन्न नपाएपछि उनी खाटी कांग्रेस बन्न खोजिरहेकी छिन् । चलचित्र विकास बोर्डको सदस्य नपाएपछि आक्रोसित बनेकी सरिता विगत एक महिनादेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ धाउन थालेकी थिइन । उनले अन्तः आज उनले कांग्रेसको माला लगाउने भएकी छिन् ।
अन्य बेला धेरै राजनीतिक चर्चामा नआउने कलाकारहरु निर्वाचन आउने बेला उनीहरुले कित्ताकाट गर्ने गरेका छन् । पहिलो निर्वाचनमा एउटा पार्टीमा रहेका कलाकारहरु अर्काे निर्वाचन आउने बेला अर्कै पार्टीको माला थाप्न पुग्छन् । अभिनेत्री रेखा पछिल्लो संविधानसभा निर्वाचनमा झण्डै माओवादीबाट सभासद्को उम्मेद्धार समेत बनेकी थिइन । तर उनी अहिले राप्रपामा पुगेकी छिन् ।
राजनीतिक स्वार्थ र चर्चाका लागि नेताको हातबाट माला तथा टिका लगाउने कलाकारहरुको संख्या बढ्दै गएको छ । बुधबार कांग्रेस सभापति देउवाको हातबाट अभिनेता कृष्ण मल्ल पनि कांग्रेसको खाटी कार्यकर्ता बन्ने भएका छन् । कुनै समय माओवादीमा जान कलाकारहरुको भीड लागे झै यसपटक पनि कलाकारहरु विभिन्न पार्टीको झण्डा ओड्न थालेका छन् ।
बुधवार अभिनेत्री सरिता, अभिनेता मल्ल, चलचित्र विकास बोर्डका सदस्य रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा चारतारे झण्डामा आउने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice