जडेजाले कमाल गरे , भारतले इङग्लयाण्डलाई ७५ रनले हरायो

भारत र इङग्लयाण्डबीच भईरहेको पाँचौ तथा अन्तिम टेस्टमा भारतले इङग्लयाण्डलाई पारि ७५ रनले हराउदै   सिरिज ४–० ले जितेको छ ।

अन्तिम तथा पाँचौ दिनको खेलका हिरो रहे अलराउण्डर रविन्द्र जडेजा । उनले पाँचौ दिनको खेलमा इङल्याण्डका सात विकेट लिएका छन् । पहिलो पारिको आधारमा भारत २८२ रनले अगाडि थियो । खेल बराबर गर्नको लागि इंल्याण्डले आजको दिन पुरै खेल्नु पर्ने थियो । तर इङल्याण्ड आजको दिनको खेल सकिनु भन्दा २ अगाडि २०७ रनमा अलआउट भएको छ । एक दिनमा ९० ओभर खेलाईन्छ  ।

जडेजाले अन्तिम टेस्टको पहिलो पारिमा तीन र दोस्रो परिमा सात गरि जम्मा १० विकेट लिएका छन् ।

टस जितेर व्याटिङग गरेको इङग्लयाण्डले पहिलो परिमा ४७७ रन बनाएको थियो । जसको जवाफमा भारतले करुण नायरको तेहेरो शतक र एल के राहुलको १९९ रनको मद्दतले  सात विकेटमा ७५९ रन बनाएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice