तिवारी काण्डमा संलग्न कसैलाई छोड्दिन : गृहमन्त्री निधि

काठमाडौं । नेपाली कांगेसका नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएकालाई कानूनको कठघरामा उभ्याउने चेतावनी दिएका छन् ।

मंगलबार युवा संघको ज्ञापन पत्र बुझ्दै घटनामा जोसुकै संलग्न रहेपनि त्यसलाई कारबाही गरिने उनले बताए ।
‘घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ, अब छिट्टै नै हत्यारा पक्राउ पर्नेछ ।’

यससँगै गृहमन्त्रालयले नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा तिवारीको हत्याबारे छानविन गर्न चार सदस्यीय समिति गठन गरेको छ ।
उक्त टोलीले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice