प्रचण्ड सरकारमा सेयरका धनी मानिस यी हुन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापाको विभिन्न कम्पनीमा रहेको सेयर विवरण सार्वजनिक भएको छ ।
स्वास्थ्यमन्त्री थापासँग कम्पनीको कुल ३ हजार ५४४ कित्ता शेयर रहेको विवरणमा उल्लेख भएको छ ।

केही दिनअघि सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण भन्दा स्वास्थ्यमन्त्री थापाको जायजेथा भिन्न रहेको देखिन आएको हो ।

उनको सवैभन्दा बढी सेयर आमा रामेश्वरी थापा र बुवा महेन्द्रबहादुर थापाको नाममा  नेपाल इन्भेष्टमेन्ट बैंकमा छ । उनले बुवा आमाको नाममा ७ सय ३५ कित्ता सेयर रहेको विवरण सार्वजनिक गरेका छन् ।

थापाले आफूसहित बुबा महेन्द्र, आमा रामेश्वरी, श्रीमती अञ्जना र छोरीहरुको नाममा सेयर रहेको विवरण सार्वजनिक गरेका हुन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice